detail-img

उपाध्यक्ष नेम्वाङ संसदीय दलको उपनेता 

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई दलको उपनेतामा मनोनयन गर्नुभएको छ । 
इलाम क्षेत्र नं.२ बाट  प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेम्वाङलाई सोमबार (२०७९ फागुन २९ गते) दलको उपनेतामा मनोनयन गर्दै अध्यक्ष ओलीले उपनेता  नेम्वाङबाट तदनुरुपकोे जिम्मेवारी सफलतापूर्वक सम्पन्न हुने विश्वास व्यक्त गर्नुभएको छ । 
संविधान सभाका अध्यक्ष नेम्वाङ २०७४ सालको निर्वाचनपछि पनि नेकपा (एमाले) संसदीय दलको उपनेता हुनुहुन्थ्यो । 
यसैगरी अध्यक्ष ओलीले नेकपा (एमाले) संसदीय दलको प्रमुख सचेतकमा पदम गिरी र सचेतकमा महेश बर्तौलालाई मनोनयन गर्नुभएको छ ।