detail-img

स्व.थापाको सम्झनामा शोकसभा

प्यूठान ।    नेकपा (एमाले) ले सञ्चालन गरेको मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) को क्रममा मोटरसाईकल दुर्घटनामा परी ज्यान गुमाउनु भएका जिल्ला कमिटी प्यूठानका सदस्य स्व.रामबहादुर थापा (गोपाल) को स्मृतिमा शोकसभा गरिएको छ । 
ऐरावती गाउँपालिका वडा नं. ६ उदिकस्थित स्व. थापाको निजी निवासमा ११ औं दिनको दिन बुधबार शोकसभा गरिएको हो ।

 
पार्टीका पोलिटव्यूरो सदस्य तथा प्यूठान जिल्ला इन्चार्ज प्रतिनिधि सभा सदस्य सूर्य थापा, लुम्बिनी प्रदेशका मन्त्री तुल्सीराम शर्मा, नेकपा (एमाले) जिल्ला कमिटीका अध्यक्ष विजयविराज विष्ट लगायत नेताहरूको उपस्थितिमा शोकसभा गरिएको हो ।
‘कमरेड थापाको निधनले हामी शोकमग्न छौं ।’ प्रतिनिधि सभा सदस्य सूर्य थापाले भन्नुभयो, ‘उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं ।’
अभियान सञ्चालनका लागि जिल्ला कमिटीले दिएको जिम्मेवारी अनुसार प्यूठानको सरुमारानी गाउँपालिका–२ जाँदै गर्दा फागुन २० गते उहाँको दुःखद निधन भएको थियो । माण्डवी गाउँपालिका–५ आँपचौरमा मोटरसाइकल दुर्घटना हुँदा उहाँको घटनास्थलमै ज्यान गएको थियो ।