detail-img

‘कांग्रेसलाई बलियो बनाउन लाग्नेहरू कम्युनिष्ट होइनन्’

पोखरा । नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख खगराज अधिकारीले कम्युनिष्ट पार्टीको झण्डा बोक्दैमा कम्युनिष्ट नहुने भन्दै व्यवहारिक रूपमा एमाले मात्रै कम्युनिष्ट पार्टी भएको बताउनुभएको छ । 
‘कम्युनिष्ट हुँ भन्ने तर कांग्रेसलाई बलियो बनाउन लाग्नेहरू कम्युनिष्ट होइनन् झण्डा कम्युनिष्टको बोक्दैमा कोही कम्युनिष्ट हुँदैन, व्यवहारिक रूपमा कम्युनिष्ट अरुको कोही छ भने त्यो नेकपा (एमाले) नै हो ।’ उहाँले भन्नुभयो । 
मिसन ग्रासरुट अन्तर्गत कास्कीमा नेकपा (एमाले) रूपा गाउँपालिका वडा नं ६ कमिटीको आयोजनामा ज्येष्ठ नागरिक सम्मान तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले मिसन ग्रासरुट एमाले पुनर्जागरण अभियान भएको बताउनुभयो ।
कार्यक्रममा लामोसमयदेखि निरन्तर कम्युनिष्ट आन्दोलनमा सक्रिय रहनुभएका ज्येष्ठ नागरिक, सेल्टरदाताहरूलाई सम्मान गरिएको थियो ।
यसैगरी पोखरा महानगरपालिकाका २३ वटै वडाको विस्तारित बैठक र दुई वडा वडाको वडा भेला सम्पन्न भएको छ ।
बाँकी वडाको बैठक पनि छिट्टै बस्ने गरी योजना बनिरहेको पोखरा महानगरका लागि केन्द्रीय प्रतिनिधि तथा पार्टी केन्द्रीय सदस्य मायानाथ अधिकारीले जानकारी दिनुभयो ।