detail-img

ज्येष्ठ नागरिकका दुःखसुखका कुरा सुन्न भलाकुसारी कार्यक्रम

विराटनगर । नेकपा (एमाले) को  मिसन ग्रासरुट अभियानअन्तर्गत मोरङको लेटाङ नगरपालिका वडा नम्बर ४ मा नेकपा (एमाले) वडा कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । 
पार्टी पोलिट्ब्यूरो सदस्य जितु गौतमको उपस्थिति र वडा कमिटी अध्यक्ष रामकुमार श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा कोशी प्रदेश कमिटी सदस्य तथा लेटाङ नगरपालिकाका प्रमुख भुपेन्द्र लावती लगायत नेताहरू सहभागी हुनुहुन्थ्यो ।

यसैगरी लेटाङ नगरपालिका वडा नं.२ मा वडा कमिटीको प्रशिक्षणमूलक बैठक विहीबार सम्पन्न भएको छ । बैठकमा नेकपा –एमाले) का पोलिटव्यूरो सदस्य जितु गौतमले पार्टी सुदृढीकरण तथा विस्तार अभियानको उद्देश्य एवं कार्यक्रम लगायत विविध पक्षमा प्रकाश पार्नुभएको थियो । कमरेड खेमराज ढकालको अध्यक्षतामा भएको बैठकमा प्रदेश कमिटी, जिल्ला कमिटी र नगर कमिटीका सदस्यहरूको उपस्थिति रहेको थियो । 
 
यसैबीच, मोरङकै पथरी शनिश्चरे नगरपालिकाको वडा नम्बर ३ र ७ मा योजना बैठक सम्पन्न भएका छन् । बैठकले चैत्र १० गते वडा नम्बर ३ को पिपलचोकमा ज्येष्ठ नागरिकहरूसँग नेकपा (एमाले) का नेताहरूको भलाकुसारी कार्यक्रम राखिएको नेकपा (एमाले) का केन्द्रीय सदस्य युवराज बाँस्कोटाले जानकारी दिनुभयो । 
उहाँका अनुसार भलाकुसारी कार्यक्रम ज्येष्ठ नागरिकहरूको सुख दुःखका कुरा सुन्ने उद्देश्यले राखिएको हो । यस्तै चैत ११ गते पालिकास्तरीय प्रशिक्षण कार्यक्रम गर्ने तय भएको बाँस्कोटाले बताउनुभयो ।
यस्तै मोरङकै विराटनगर महानगरपालिकामा पनि टोल कमिटीहरू गठन गर्ने क्रम चलिरहेको नेकपा (एमाले) विराटनगर महानगरका अध्यक्ष सागर थापाले जानकारी दिनुभएको छ । उहाँका अनुसार विराटनगर १८ स्थित भेडियारीमा कृत्यानन्द मण्डलको अध्यक्षतामा १३ सदस्य टोल कमिटी गठन गरिएको छ । यस्तै विराटनगर ३ मा टोल कमिटी गठन भएको छ । 
झापा
नेकपा (एमाले) भद्रपुर नगरपालिका कमिटीको आयोजनामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । 
केन्द्रीय प्रतिनिधिको रूपमा खटिनुभएकी शकुन्तला बस्नेतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । 
ओखलढुंगा
ओखलढुङ्गाका विभिन्न पालिकामा योजना बैठकहरू सम्पन्न भएका छन् । सुनकोशी गाउँपालिका वडा नम्बर ७ र ८, लिखु गाउँपालिकाको वडा नम्बर १, मानेभन्ज्याङ गाउँपालिकाको वडा नम्बर ५, ६ र ८ मा योजना बैठक सम्पन्न भएका छन् । 
यस्तै, खिजिदेम्बा गाउँपालिका वडा नम्बर ५, सिद्धिचरण नगरपालिकाको वडा नम्बर ११ र १२ र चम्पादेवी गाउँपालिका वडा नम्बर २ मा योजना बैठक सम्पन्न भएको नेकपा (एमाले)  ओखलढुङ्गाका अध्यक्ष शंकरबहादुर कटुवालले जानकारी दिनुभयो ।