detail-img

सुर्खेतको चौकुनेमा अभिमुखीकरण

वीरेन्द्रनगर । नेकपा (एमाले) ले सञ्चालन गरिरहेको मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) अन्तर्गत सुर्खेतको चौकुने गाउँपालिकाको वडा नम्बर १० कुमाला र वडा नम्बर ५ तोस्रामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । 
नेकपा (एमाले) कर्णाली प्रदेश अध्यक्ष तथा केन्द्रीय प्रतिनिधि विनोदकुमार शाहले नेता–कार्यकर्तालाई प्रशिक्षण दिनुभएको थियो । शाहले निर्वाचनको नतिजा आएसँगै पार्टीलाई चलायमान राख्नका लागि तल्लो तहका पार्टी कमिटीसँगै जनतासँग छलफल गरी नयाँ योजनाका साथ पार्टीलाई अगाडि लैजाने अभियानको थालनी गरिएको बताउनुभयो ।

 
मिसन ग्रासरूटबाट जनता माझ पुगेर सिक्ने र सिकाउने काम भएको उहाँले बताउनुभयो । 
अभिमुखीकरण कार्यक्रममा नेकपा (एमाले) प्रदेश कमिटी सदस्य देवीराम भुसाल, ताराकेशर गौतम, चौकुने पालिका कमिटी अध्यक्ष हरिप्रसाद अधिकारीको उपस्थिति थियो । पालिका कमिटी अध्यक्ष अधिकारीका अनुसार कुमाला र तोस्रोमा अखिल नेपाल महिला संघ र राष्ट्रिय युवा संघ नेपालको कमिटीसमेत गठन गरिएको छ ।