detail-img

मिसन ग्रासरुटः महिला टोलीका कारण छुट्टै उत्साह छ मण्डनदेउपुर र पाँचखालमा

बनेपा । यसै पनि कम्युनिष्टको गढ मानिने काभ्रेको मण्डनदेउपुर र पाँचखाल !  मिसन ग्रासरुट कार्यक्रममा केन्द्रदेखि जिल्लासम्म महिला नेतृत्वले कमाण्ड सम्हालेका कारण अहिले यी दुई पालिका छुट्टै खालको उत्साहका साथ  एमालेमय बनेका छन् । 
संघ र प्रदेशको निर्वाचनमा ठूलो मतान्तरले अगाडि देखिएको नेकपा (एमाले) को संगठन मिसन ग्रासरुटसम्म आउँदा झनै सुदृढ भएको महसुस नेता तथा कार्यकर्ताले गरेका छन् । 
केन्द्रीय सदस्य उषाकिरण तिम्सिना, बागमती प्रदेश कमिटीका सदस्य निर्मला शाही र जिल्ला कमिटीका उपसचिव रीता ढकाल, जिल्ला कमिटी सदस्य अम्बिका हमाल, भक्तकुमारी लामाको मुख्य अगुवाईमा भइरहेको अभियानले महिला संगठित सदस्य तथा मतदातामा ऊर्जा थपिएको छ । 
केन्द्रीय सदस्य तिम्सिनाको नेतृत्वमा रहेको टोलीले  कार्यकर्तासँग अन्तरक्रिया, छलफल तथा पार्टीले सुझाव खोजेको भन्दै धेरै भन्दा धेरै जन सहभागिताको प्रयास गरिरहेको छ । मण्डनदेउपुरमा १२ र पाँचखालका १३ वटैै वडामा भेला तथा टोल भेलाहरू भइरहेका छन् । कार्यकर्ताले अभियानबाट पार्टी थप सुदृढ हुने कुराले उत्साहित छन् । अभियानमा नेताहरू विदुर सापकोटा, कुमार खकुरेल, कञ्चन अधिकारी, कुमार भट्टराईले समेत थप ऊर्जा प्रदान गरिरहनु भएको छ । 
सो क्रममा मण्डनदेउपुर नगरपालिकाभरि नै सुरुमा कार्यकर्तासँग अन्तरक्रिया गर्ने र भेला राख्ने पहिलो वडा वडा नं ८ बनेको छ । युवा नेतृत्वको कारणले सो वडामा तयारी बैठक र बिहीबार (२०७९ चैत २ गते) भेला सम्पन्न भएको छ । भेलामा केन्द्रीय सदस्य तिम्सिनासँग कार्यकर्ताका जिज्ञासा मेटाउनु भएको थियो ।  
उहाँले वर्तमान राजनीतिसँगै नेकपा (एमाले) ले राष्ट्रियताको सवालका लिइरहेको अडानको बारेमा जानकारी गराउनुभएको थियो । उहाँले नेकपा (एमाले) को नीति र नेतृत्व कसरी सही छ भन्ने जानकारी गराउनुभएको थियो । 
कार्यक्रममा पार्टीका बाग्मती प्रदेश कमिटी सदस्य निर्मला शाही, जिल्ला कमिटीका उपसचिव रीता ढकाल, सचिवालय सदस्य विदुर सापकोटा, नेता झलकप्रसाद पौडेल, जिल्ला कमिटीका सदस्य शम्भु पराजुली, नगर कमिटीका अध्यक्ष शेरबहादुर डोटेल, वडा कमिटीका अध्यक्ष सरोज पौडेलले मिसन ग्रासरुटका बारेमा प्रकाश पार्नुभएको थियो ।