detail-img

‘एमाले मुलुकको सुुसंगठित र सुव्यवस्थित पार्टी बन्ने छ’

विराटनगर । नेकपा (एमाले) को मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) विराटनगर महानगरपालिका र बुढीगङ्गा गाउँपालिकामा तिब्ररुपमा  चलिरहेको छ ।
आज (२०७९ चैत ४ गते) विराटनगर महानगरपालिका वडा न ३ को हलेसी टोल र कन्चनबाढी टोल अधिवेशन भब्यतापूर्वक सम्पन्न भएका छन ।  साथै महानगरको वडा नं. २ को विस्तारित बैठक बसेर अभियान सफल पार्न ब्यवस्थित योजना निर्माण गरिएको छ । महानगरको वडा नं ४ को काबेली चोकको अधिवेशन सम्पन्न भएको छ ्। साथै आजै बुढीगङ्गा गाउँपालिका वडा नं. ४ को विस्तारित बैठक सम्पन्न भएको छ ।

 
उपरोक्त कार्यक्रममा केन्द्रीय प्रतिनिधि पार्टीका पोलिटव्यूरो सदस्य बिशाल भट्टराईले सम्बोधन गर्नुभएको थियो । कार्यक्रम मा बोल्दै उहाँले यो अभियान सम्पन्न हुँदा नेकपा (एमाले) मुलुककै सुब्यवस्थित,  सुबिचारित  र सुसंगठित पार्टी बन्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रदेश कमिटीका सदस्यहरू राजकुमार ओझा,  राधा अधिकारी ,  मोरङ जिल्ला कमिटी सदस्यहरू ,  महानगर र पालिका कमिटीका पदाधिकारी र सदस्यहरू,  निर्वाचित जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।