detail-img

जनताले स्थापित गरेको एमाले जनताकै बीचमाः सचिव विष्ट 

त्रिशुली (नुवाकोट) । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर २ को वडा अधिवेशन सम्पन्न गरिएको छ । नेकपा (एमाले) का सचिव गोकर्ण विष्टको प्रमुख आतिथ्य र वडा कमिटी अध्यक्ष लक्ष्मण न्यौपानेको अध्यक्षतामा अधिवेशन सम्पन्न भएको हो । अधिवेशनले बलबहादुर तामाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

अधिवेशनलाई सम्बोधन गर्दै सचिव गोकर्ण विष्टले समृद्ध नेपाल निर्माणका लागि नेकपा (एमाले) बलियो पार्टी बन्नुपर्ने र पार्टीलाई बलियो बनाउनकै लागि यो अभियान सञ्चालन गरिएको प्रष्ट पार्नुभयो । 
अभियानले संगठनलाई व्यवस्थित र सुदृढ बनाउने विश्वास व्यक्त गर्दै उहाँले जनताको बीचबाटै स्थापित भएको नेकपा (एमाले) जनताको बीचमा जाने यो अभियान महत्वपूर्ण रहेको बताउनुभयो । 
कार्यक्रममा केन्द्रीय सदस्य शर्मिला कार्की, प्रदेश अध्यक्ष केशव पाण्डे, प्रदेश सदस्यहरू नारायण खतिवडा, राजेन्द्र रमण खनाल, ठाकुर पुडासैनी, केपी लामिछानेलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । 
मकवानपुर
यस्तै, मकवानपुरको मनहरि गाउँपालिकाका ९ वटै वडाहरूमा मिसन ग्रासरुट अन्तर्गत पहिलो चरणका कार्यक्रम सम्पन्न भएका छन् ।

 
पार्टी सचिव गोकर्ण बिष्टको प्रमुख आतिथ्यमा सबै वडाको अगुवा कार्यकर्ता भेला र बैठकहरू सम्पन्न गरिएको हो । कार्यक्रमहरूमा नेताहरू देवी ज्ञवाली, डोरमणि पौडेल, श्रीधर पोखरेल, एकराज उप्रेती, श्यामसुन्दर ढकाललगायत नेताहरूको उपस्थिति रहेको थियो ।