detail-img

पर्वतमा कांग्रेस र माओवादीबाट एमालेमा प्रवेश 

कुस्मा । पर्वतको बिहादी गाउँपालिका वडा नम्बर ३ रानीपानीमा मिसन ग्रासरुट अन्तर्गतको कार्यक्रम सम्पन्न भएको छ । नेकपा (एमाले) की सचिव पद्माकुमारी अर्यालको प्रमुख आतिथ्य कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य डा. सूर्य पाठकको उपस्थिति रहेको थियो ।  
कार्यक्रममा पार्टी केन्द्रीय अनुसासन आयोगका सदस्य चक्र पराजुली, प्रदेश, जिल्ला कमिटी र पालिका कमिटीका नेताहरूको सहभागिता रहेको थियो । कार्यक्रममा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र परित्याग गरी नेकपा (एमाले) मा प्रवेश गर्नुहुनेहरूलाई स्वागत गरियो ।
पार्टी प्रवेश गर्नुहुनेहरूमा दुर्गा भट्टराई क्षेत्री, महेन्द्र भट्टराई क्षेत्री, चित्रकला भट्टराई, इन्द्रकला परियार र गगन दर्जीलगायत हुनुहुन्छ । उहाँहरूलाई पार्टी सचिव अर्याललगायत अतिथिहरूले टीका र खादा लगाएर पार्टीमा स्वागत गर्नुभएको हो ।
रूपा गाउँपालिकामा अग्रजहरूको सम्मान
कास्कीको रूपा गाउँपालिका वडा नम्बर ४ मा वडास्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । पार्टी केन्द्रीय सदस्य भगवती न्यौपानेको उपस्थितिमा सम्पन्न भेलामा नेपाली कांग्रेसका सक्रिय सदस्य साथै समाजसेवी व्यक्तिहरू नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ ।
साथै भेलामा ७० जना अग्रजहरू सम्मानित हुनुभएको छ । कार्यक्रममा केन्द्रीय सदस्य राजिव पहारी, प्रदेश सदस्य कालिदास सुबेदी, जिल्ला कमिटीका उपसचिव नवराज ओझा, नीलकण्ठ रेग्मीलगायत नेताहरूको सहभागिता थियो । 
कास्कीको पोखरा महानगरको २८ वटै वडाको बैठक सम्पन्न भएका छन् । शनिबार पोखरा महानगर वडा न २, ३०, ३१ र ३३ को वडा कमिटी बैठक तथा विस्तारित भेला सम्पन्न भएका छन् । यस्तै, वडा नं. १४ को वडास्तरीय कार्यकर्ता प्रशिक्षण भेला सम्पन्न भएको छ । बैठक तथा भेलालाई पार्टीका केन्द्रीय सदस्य तथा केन्द्रीय प्रतिनिधि मायानाथ अधिकारीलगायत नेताहरूले प्रशिक्षण दिनुभएको थियो । बैठकले कामको कार्ययोजना बनाएको छ ।
तनहुँ
तनहुँको व्यास नगरपालिका वडा नं. १ को विस्तारित बैठक सम्पन्न भएको छ । स्थायी कमिटी सदस्य किरण गुरुङ तथा वडा कमिटी अध्यक्ष सरु कुमालको अध्यक्षता बैठक सम्पन्न भएको हो ।


बैठकमा पार्टी केन्द्रीय सल्लाहकार परिषद सदस्य एकबहादुर राना, गण्डकी प्रदेश सचिवालय सदस्य बिष्णुभक्त सिग्देल, जिल्ला उपाध्यक्ष हरिराज कणेल, जिल्ला कमिटी सदस्यहरू ऋषिराम भुषाल, बसुन्धरा घर्ती, नुर महमद, नगर कमिटीका कार्यवाहक अध्यक्ष तुल्सीराम पाण्डे, सचिव ज्ञानेन्द्र बसौला, मुस्लिम इत्तेहाद संगठनका  केन्द्रीय सदस्य मुनि खातुन, केन्द्रीय सदस्य मनसुर महमद, जिल्ला अध्यक्ष रमजन मिया, लोकतान्त्रिक आदिवासी संघ तनहुँका अध्यक्ष रुकबहादुर गुरुङ लगायत नगर कमिटी, वडा कमिटी र अन्य पार्टी सदस्यहरूको उपस्थिति रहेको थियो । बैठकले अभियान सञ्चालनलाई थप प्रभावकारी बनाउन योजना तय गरेको छ । 
यसैगरी, व्यास नगरपालिका वडा नं. ४ बाघभञ्याङमा पनि वडा स्तरीय कार्यक्रम वडा कमिटी अध्यक्ष चिजबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको छ ।
लमजुङ
बेंसीसहर । नेकपा (एमाले) को मिसन ग्रासरुट अन्तर्गत लमजुङको मर्स्याङ्दी गाउँपालिका कमिटीको सचिवालय बैठक पार्टी केन्द्रीय सदस्य जमीन्द्रमान घलेको आतिथ्यमा भुलभुलेमा सम्पन्न भएको छ ।
यसैगरी, मर्स्याङ्दी गाउँपालिका स्थानीय सभा दलको बैठक दलको नेता अर्जुन गुरुङको अध्यक्षता र नेकपा (एमाले) गण्डकी प्रदेश कमिटी सचिव धनञ्जय दवाडीको उपस्थितिमा सम्पन्न भएको छ । 
बैठकले दलको प्रमुख सचेतकमा तिलबहादुर गुरुङ र सचेतकमा रुद्रमान गुरुङलाई मनोनित गर्नुका साथै अर्जुन गुरुङ, जुनामाया थापा, तिलबहादुर गुरुङ, रुद्रमान गुरुङ, धन सिङ्ग तामाङ, सलिना विक र दुधमान तामाङ रहेको बोर्ड गठन गरेको छ ।
म्याग्दी
मिसन ग्रासरुट अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं. ५, शिखमा वडास्तरीय भेला तथा बैठक सम्पन्न भएको छ । बैठकलाई नेकपा (एमाले) म्याग्दीका उपाध्यक्ष बालकृष्ण सुवेदीलगायत नेताहरूले सम्बोधन गर्नुभएको थियो । बैठकमार्फत मिसन ग्रासरुटको बारेमा जानकारी दिनाका साथै अभियानअन्तर्गत पार्टी सङ्गठन सुदृढीकरण तथा विस्तार, सदस्यता नवीकरण, टोल र वस्तीस्तरमा पार्टीको बैठक तथा भेला आयोजना गर्नेलगायत योजना निर्माण गरिएको छ ।

 
त्यस्तै रघुगङ्गा गाउँपालिका–७, चिमखोलामा पनि नेकपा (एमाले) जिल्ला सदस्य एवं वडा इञ्चार्ज गमबहादुर पुनको संयोजकत्वमा वडा भेला सम्पन्न भएको छ । भेलालाई पार्टीका  गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य प्रमोद श्रेष्ठ र जिल्ला अध्यक्ष देवेन्द्रबहादुर कटुवालले सम्बोधन गर्नुभएको थियो ।