detail-img

जुम्लाको महत गाउँमा कार्यकर्ता भेला

जुम्ला । नेकपा (एमाले) को मिसन ग्रासरुट अन्तर्गत जुम्लाको चन्दननाथ नगरपालिका वडा नं. ७ महत गाउँमा कार्यकर्ता भेला सम्पन्न भएको छ । वडा कमिटीका अध्यक्ष लालबहादुर महतको अध्यक्षतामा सम्पन्न भेलालाई नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल, जिल्ला अध्यक्ष शान्तिलाल महत र हरिकृष्ण महतले सम्बोधन गर्नुभएको थियो । भेलाद्वारा सदस्यता नवीकरण र विस्तारको सुरुवात गर्दै त्यसलाई अभियानका रूपमा अघि बढाउन जिम्मेवारी बाँडफाँट गरिएको छ ।
जुम्लाको पातारासी गाउँपालिका वडा नं. ५ मा नयाँ वडा कमिटी गठन गरिएको छ । केन्द्रीय प्रतिनिधि नगिन्द्र शाही (नेशनल) को उपस्थिति र वडा कमिटीका अध्यक्ष विष्णु बुढाको अध्यक्षतामा बसेको विस्तारित बैठक तथा भेलाले रत्नबहादुर बुढाको अध्यक्षतामा २१ सदस्यीय कमिटी गठन गरेको हो । 
कमिटीको उपाध्यक्षमा जौकला बुढा, सचिवमा लालरूपा, उपसचिवमा जानी कठायत, उपसचिवमा मयालाल बोहरा चयन हुनुभएको छ । 
बैठकमा प्रदेश कमिटी सदस्य जयबहादुर खत्री र नन्दबहादुर रोकायालगायत नेताहरूको उपस्थिति थियो । बैठकले पार्टी सदस्यता नवीकरणको अभियान चलाउने तथा प्रशिक्षण र अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने कार्ययोजना पारित गरेको छ । 
हुम्ला 
हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नं. ३ रायामा अन्तरक्रिया तथा प्रशिक्षण भेला आयोजना गरिएको छ । 
वडा कमिटी अध्यक्ष छबिलाल बुढाको अध्यक्षतामामा भएको कार्यक्रममा खार्पुनाथ पालिका कमिटी अध्यक्ष प्रकाश बहादुर शाहीसहित जिल्ला कमिटी सदस्यहरू, उत्पीडित जातीय मुक्ति समाजका अध्यक्ष लालधन टमटा, अनेमसंघ जिल्ला उपाध्यक्ष उजेली जेठारा, प्रेस चौतारी जिल्ला सचिव मानबहादुर परियार समेतले धारणा व्यक्त गर्नुभएको थियो । यसअघि बसेको सो वडा कमिटीको बैठकले टोल कमिटी गठन र सदस्यता नवीकरणको योजना पारित गरी कार्यान्वयनको चरणमा लगिसकेको छ । 

कालिकोट 

यसैगरी, मिसन ग्रासरूट अन्तर्गत कालिकोटको सान्नी त्रिवेणी गाउँपालिकामा पालिका सभा दल गठन भएको छ । 
वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले) बाट निर्वाचित जनप्रतिनिधिहरूको सहभागिता रहने गरी पालिका सभादल गठन गरिएको हो । 
सान्नी त्रिवेणी गाउँपालिकाका नागरिकहरूको हक हितका लागि र जनपक्षीय रूपमा काम गर्नका लागि पालिका सभादल गठन गरिएको जानकारी दिइएको छ । 
सभादलमा गाउँपालिका उपाध्यक्ष पार्वती सिंह सञ्ज्याल सभादलको प्रमुख तथा संयोजक रहनुभएको छ भने सचेतकमा सान्नी त्रिवेणी गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष बैकुण्ठराज गिरी रहनु भएको छ ।