detail-img

जनसंगठन बलिया भए पार्टी बलियो हुने 

धनगढी । नेकपा (एमाले) ले शुरु गरेको मिसन ग्रासरुट अन्तर्गत  नेपाल उद्योग तथा व्यवसायी महासघ सुदूरपश्चिम प्रदेश कमिटीको विस्तारित बैठक तथा भेला आज (चैत ६ गते) धनगढीमा सम्पन्न भएको छ । 
भेलामा नेकपा (एमाले) का सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले जनसंगठन बलियो भए पार्टी बलियो हुने बताउनुभयो । पार्टीको नीति विचार र कार्यक्रम जनताका बीचमा लैजानका लागि पनि जनसंगठनको भूमिका रहने बताउनुभयो । ब्यवसायीको समस्या समाधान गर्न नेकपा (एमाले) सक्रिय हुने भनाई भट्टले राख्नुभयो । 
कार्यक्रममा स्थायी समिति सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालले ब्यवसायीका समस्या समाधानका लागि उनीहरुको आन्दोलनमा पार्टीले साथ दिने बताउनुभयो । 
नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश सचिव धर्मराज पाठकले पार्टीका सबै जनसंगठनले बर्गीय मुद्दामा जोडिन आवश्यक रहेको धारणा राख्नुभयो। 
कार्यक्रममा उद्योग तथा ब्यवसायी महासङ्घका उपाध्यक्ष तथा सुदूरपश्चिम इन्चार्ज सूर्यबहादुर थापाले ब्यवसायीका समस्या एमालेले मात्र बुझेको बताउनुभयो । कार्यक्रममा उपाध्यक्ष त्रिचन्द्र भट्टराई र महासचिव भगिरथ सापकोटाले पनि बोल्नुभएको थियो । कार्यक्रम महासङ्घका प्रदेश अध्यक्ष वीरबहादुर साउदको अध्यक्षतामा भएको थियो ।