detail-img

बाँकेमा पार्टीका सबै कमिटीका पदाधिकारी बैठक

नेपालगञ्ज ।  नेकपा (एमाले) को  मिसन ग्रासरूट अन्तर्गत  केन्द्रीय सदस्य लक्ष्मण न्यौपानेको उपस्थिति र बाँके जिल्ला अध्यक्ष किस्मत कक्षपतिको अध्यक्षतामा पार्टी कमिटीका पदाधिकारी बैठक सम्पन्न भएको छ । बाँकेका आठ वटै पालिका कमिटीका अध्यक्ष र सचिवको उपस्थितिमा बैठक सम्पन्न भएको हो । 
बैठकबाट मिसन ग्रासरुटको रिर्पोटिङ, चैत ७ गते हुन गइरहेको प्रशिक्षण कार्यक्रमको तयारी र चैत महिनामा नेपालगञ्जमा हुन लागिरहेको राष्ट्रिय युवा संघ, नेपालको राष्ट्रिय महाधिवेशन लगायतका विषयमा महत्वपूर्ण छलफल र निर्णय गरिएको छ । 
यसैबीच, मिसन ग्रासरूट अन्तर्गत बाँकेकै नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १७ परसपुरमा चार वटा टोल कमिटी र जनसंगठन गठन गरिएको छ । जिल्ला अध्यक्ष किस्मत कक्षपतिको उपस्थिति र वडा कमिटी अध्यक्ष रञ्जुलाल तेलीको अध्यक्षतामा चार वटा टोल कमिटी र जनसंगठन गठन गरिएको हो । कार्यक्रममा अध्यक्ष कक्षपति, करिम खाँ र दत्तप्रसाद आचार्यलगायत नेताहरूले प्रशिक्षणमूलक मन्तव्य व्यक्त गर्नुभएको थियो ।