detail-img

गण्डकीमा प्रदेशस्तरीय समीक्षा 

पोखरा । नेकपा (एमाले) को मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) अन्तर्गत गण्डकी प्रदेशभरिको मध्यावधि समीक्षा बैठक बुधबार (२०७९ चैत ८ गते) पोखरामा सम्पन्न भएको छ । 
पार्टी उपाध्यक्ष युवराज ज्ञवालीको प्रमुख आतिथ्य र सचिव एवं प्रदेश अनुगमन संयोजक पद्माकुमारी अर्यालको अध्यक्षतामा समीक्षा बैठक सम्पन्न भएको हो । 
बैठकमा प्रदेशभरि मिसन ग्रासरुट अभियानको जिम्मेवारीमा रहनुभएका केन्द्रीय सदस्यहरुले आ–आफ्नो कार्यक्षेत्रको एकमहिनाको अवधिमा सम्पन्न भएका गतिविधिहरू र कार्यक्षेत्रमा पार्टीको अवस्थाबारे रिपोर्टिङ गर्नुभएको थियो । 
उहाँहरूले अभियान क्रमशः प्रभावकारी बन्दै गएको र अभियानको समयावधि बढाउन आवश्यक रहेको धारणा राख्नुभएको छ । बैठकमा स्थायी कमिटी सदस्यद्वय किरण गुरुङ र खगराज अधिकारी लगायत नेताहरुको उपस्थिति रहेको थियो ।