detail-img

मिसन ग्रासरुटका बाँकी काम चैतभित्रै सम्पन्न गर्न उपाध्यक्ष पौडेलको निर्देशन

धनगढी । सुदूरपश्चिम प्रदेशमा पार्टीको मिसन ग्रासरुट कार्यक्रमको मध्यावधि समीक्षा गरिएको छ । बिहीबार साँझ जुम बैठक मार्फत नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलको उपस्थितिमा  कार्यक्रमको समीक्षा गरिएको हो । 
नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीको आयोजनामा भएको मध्यावधि समीक्षा कार्यक्रममा उपाध्यक्ष पौडेल सङ्गै, सचिव तथा प्रदेश इन्चार्ज लेखराज भट्ट, स्थायी कमिटी सदस्य तथा प्रदेश सह इन्चार्ज कर्ण थापा र केन्द्रीय कमिटीले प्रदेशका सबै स्थानीय तहमा खटाएका पोलिटव्यूरो सदस्य, केन्द्रीय सदस्य, प्रदेश कमिटीका पदाधिकारी र नौ वटै जिल्ला कमिटीका पदाधिकारी सहभागी रहेको सुदूरपश्चिम प्रदेश कमिटीका सचिव धर्मराज पाठकले जानकारी दिनुभयो । 
मध्यावधि समीक्षामा सहभागीहरूले कार्यक्रमको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । मिसनकै बीचमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका कारण नेताहरू काठमाडौं जानु परेकाले निर्धारित कार्यक्रममा विलम्ब भएको बताउनुभएको थियो । 
उपाध्यक्ष पौडेलले मिसन ग्रासरुटका बाँकी कामहरू चैत महिनाभित्रै सक्न निर्देशन दिनुभएको प्रदेश कमिटी सचिव पाठकले जानकारी दिनुभयो । जुम बैठकमा समीक्षा कार्यक्रम पार्टीका प्रदेश कमिटी अध्यक्ष दामोदर भण्डारीले सञ्चालन गर्नुभएको थियो ।