detail-img

अध्यक्ष ओलीद्वारा लुम्बिनी भ्रमण

भैरहवा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले शनिबार गौतमबुद्ध जन्मस्थल लुम्बिनीको अवलोकन भ्रमण गर्नुभएको छ । पूर्वप्रधानमन्त्री ओलीलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी (भिक्षु मैत्तेय), सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई लगायतले स्वागत गर्नुभएको थियो ।


अध्यक्ष ओलीले लुम्बिनीस्थित मायादेवी मन्दिरमा दर्शन तथा पूजा गर्नुभयो । उहाँले मायादेवी मन्दिरसँगै अशोक स्तम्भ, पुस्करणी पोखरी, शान्तिदीपको समेत अवलोकन गर्नुभयो ।  उहाँलाई लुम्बिनीको गुरुयोजना, कोषका पछिल्ला गतिविधिका बारेमा जानकारी गराईएको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिनुभयो । 
पूर्वप्रधानमन्त्री ओलीले आफैले शिलान्यास गरेको अन्तर्राष्ट्रिय ध्यान केन्द्रको समेत निरीक्षण गर्नुभएको थियो । उक्त अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीको समेत सहभागिता रहेको थियो ।