detail-img

‘दशतिर फर्केकाहरूबाट देशमा आर्थिक सङ्कटः अध्यक्ष ओली 

सदाचार र सुशासनयुक्त समाज  निर्माण गर्न ग्रासरुट 
पार्टीभित्र भएका अन्तरविरोधको अन्त्य गरी एकढिक्का हुन अभियान
नयाँ पुस्तालाई नेतृत्व स्थापित गर्न अभियान
कपिलवस्तु । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले दशतिर फर्किएकाहरूले देशलाई आर्थिक सङ्कटतर्फ धकेलेको वताउनुभएको छ । 
पूर्व प्रधानमन्त्री ओलीले नेकपा (एमाले) को सरकारका पालामा शुभारम्भ गरेका राष्ट्रिय गौरवका योजना आर्थिक सङ्कटका कारण रोकिएको वताउनुभयो । 
नेकपा (एमाले) ले देशब्यापी रूपमा सञ्चालन गरेको मिसन ग्रासरुट (पार्टी सुदढीकरण तथा विस्तार) अभियान अन्तर्गत कपिलवस्तुमा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने यस्तो धारणा राख्नुभएको हो ।


पार्टीले सञ्चालन गरिरहेको मिसन ग्रासरुट अन्तर्गत कपिलवस्तुमा कार्यकर्ताका लागि प्रशिक्षण कार्यक्रममा सम्वोधन गर्दै अध्यक्ष ओलीले नेकपा (एमाले) ले थालनी गरेका राष्ट्रिय गौरवका योजना कार्यान्वयनका निम्ति वडादेखि प्रतिनिधि सभासम्म मिसन ५१ प्रतिशत निर्वाचित हुनुपर्नेमा जोड दिनुभयो । 
अध्यक्ष ओलीले नेकपा (एमाले) समृद्ध र सम्पन्न समाज बनाउने अभियानमा रहेकाले यतिवेला वैचारिक र संगठनात्मक रूपमा देशलाई गरिवीतर्फ धकेल्नेहरूसँग लडिरहेको वताउनुभयो । 
अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारका पालामा हुलाकी सडक, मदन भण्डारी मार्ग, रेलवे, उपल्लो तामाकोशी, मेलम्ची खानेपानी , तुइन विस्थापन गर्ने जस्ता महत्वपूर्ण अभियानलाई कार्यान्वयन गर्दै देशको आर्थिक वृद्धिदर ७ प्रतिशतभन्दा बढी पुर्याइएको स्मरण गर्नुभयो । 
अध्यक्ष ओलीले आफुहरूको पालामा युवा विदेश जाने क्रम १८ प्रतिशतले न्यून गरिएको पनि वताउनुभयो । उहाँले नागरिकलाई समान अधिकार, सामाजिक न्यायसहितको समानता चाहेको वताउँदै गर्दै समाजलाई सदाचारयुक्त, सुशासनयुक्त समाज निर्माण, देशको स्वाधिनता, स्वतन्त्रता, नेपाली भूमिको रक्षा, देशको स्वाभिमान र गौरव बढाउन, बलियो राष्ट्र बनाउन नेकपा (एमाले) को बलियो संगठन आवश्यक रहेको चर्चा गर्नुभयो । 
उहाँले पार्टी कार्यकर्तालाई स्वार्थमा केन्द्रित नभई, समाजको नमुनायोग्य, आदर्श नागरिक बन्न आग्रह गर्दै पार्टीको उद्देश्य प्राप्ती गर्ने काममा लाग्नुपर्नेमा जोड दिनुभयो । मिसन ग्रासरुटले युवा पुस्तालाई नेतृत्व स्थापित समेत गराउने उहाँले वताउनुभयो ।  
अध्यक्ष ओलीले महिलाहरू झगडा नगरी संगठन निर्माणमा जोड दिने गरेको बताउनुभएको छ । समयको ध्यान दिने, धैर्यता राख्ने र दिएको जिम्मेवारीलाई कुशलतापूर्वक पूरा गर्ने काममा महिलाहरू अगाडि रहेको अध्यक्ष ओलीको भनाई छ ।


जनताका समस्या सुन्न मिसन ग्रासरुट
प्रशिक्षण कार्यक्रममा  पार्टीका सचिव छविलाल विश्वकर्माले जनताका मुद्दालाई स्पष्टसँग बुझ्ने र जनताका कुरा सुन्ने काम  मिसन ग्रासरुट मार्फत हुने स्पष्ट पार्नुभयो । 
नेता विश्वकर्माले हालै भएको स्ववियु निर्वाचनको परिणामबाट पनि नेकपा (एमाले) को शक्ति र पार्टीप्रति युवा पुस्ताको आकर्षण स्पष्ट भएको वताउनुभयो । नेता विश्वकर्माले यस पटकको मिसन ग्रासरुट नेता स्वयम्को पनि अग्निपरीक्षा भएको वताउनुभयो । मिसन ग्रासरुट मार्फत पार्टीलाई एकतावद्ध बनाउँदै अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो । 
कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष डम्मर शर्माले मिसन ग्रासरुट मार्फत जनताका समस्या समाधानमा बल पुग्ने विश्वास व्यक्त गर्नुभयो ।  
प्रशिक्षण कार्यक्रममा नेकपा (एमाले) का अध्यक्ष पत्नी राधिका शाक्य, नेकपा (एमाले) स्थायी कमिटी सदस्यहरू भीम आचार्य, डा. राजन भट्टराई, पोलिटव्यूरो सदस्यहरू लिला गिरी, दधिराम न्यौपाने, विमला घिमिरे, केन्द्रीय सदस्यहरू वृजेश कुमार गुप्ता, बलराम अधिकारी, भूमिश्वर ढकाल, पार्टी  केन्द्रीय लेखा आयोगका उपाध्यक्ष विष्णु पन्थी, केन्द्रीय सदस्यहरू  सीता न्यौपाने, पशुपति दयाल मिश्रा, मो. हसन हलवाई, सजिदा सिद्धिकी, सांसद मंगल प्रसाद गुप्ता, अमृता अग्रहरी लगायतको उपस्थिति रहेको थियो ।   
नेकपा (एमाले) जिल्ला  उपाध्यक्ष विश्राम प्रसाद चौधरीको स्वागत मन्तब्य र जिल्ला उपसचिव सुशीला दर्लामीको सञ्चालनमा भएको प्रशिक्षण कार्यक्रममा प्रदेशस्तरीय नेता, एवम् जिल्ला तथा पालिकास्तरका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको नेकपा (एमाले) जिल्ला प्रचार तथा प्रकाशन विभाग  प्रमुख लक्ष्मण बेल्बासेले वताउनुभयो ।