-प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको जीवनरक्षा, तत्काल राहत सामग्री सङ्कलन तथा वितरण, आर्थिक एवं मानवीय सहयोग परिचालन र पुनर्स्थापनाका लागि पार्टीका सचिव महेश बस्नेतको संयोजकत्वमा ‘बाढीपीडित उद्धार, राहत तथा पुनर्स्थापना सहयोग समिति’ गठन
१५ भदौ (२०८३), काठमाडौं । नेकपा (एमाले)ले भोटेकोशी र त्रिशुली नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रका नागरिकको तत्काल उद्धार, राहत तथा दीर्घकालीन पुनर्स्थापना कार्यलाई तीब्रता दिन रु. १ करोड २० लाख सहयोग गर्ने निर्णय गरेको छ ।
अध्यक्ष केपी शर्मा ओलीले आज प्रेस वक्तव्य जारी गरी उक्त जानकारी गराउनुभएको हो ।
त्यसैगरी, प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको जीवनरक्षा, तत्काल राहत सामग्री सङ्कलन तथा वितरण, आर्थिक एवं मानवीय सहयोग परिचालन र पुनर्स्थापनाका लागि पार्टीका सचिव महेश बस्नेतको संयोजकत्वमा ‘बाढीपीडित उद्धार, राहत तथा पुनर्स्थापना सहयोग समिति’ गठन गरिएको छ ।
समितिका सदस्यहरुमा विनोद श्रेष्ठ (जिफन्टका अध्यक्ष),. निरु पाल (युथ भोलेन्टियर्स फोर्स, इन्चार्ज), निरज आचार्य (प्रचार विभाग, प्रमुख), डा. भीष्म अधिकारी (केन्द्रीय कार्यालय, सचिव), केशव पाण्डे (नुवाकोट इन्चार्ज), प्रेम तामाङ (रसुवा इन्चार्ज), भूमि त्रिपाठी (धादिङ इन्चार्ज), रामेश्वर फुयाल (काठमाडौं इन्चार्ज), हरिकृष्ण व्यञ्जनकार (ललितपुर इन्चार्ज), शकुन्तला राजभण्डारी (भक्तपुर इन्चार्ज), देवी ज्ञवाली (चितवन इन्चार्ज), जनक चौधरी (जिफन्ट इन्चार्ज), क्षितिज थेबे (युवा संघ इन्चार्ज), रूपनारायण श्रेष्ठ (सल्लाहकार परिषद् सदस्य), कैलाश ढुंगेल (बागमती प्रदेश अध्यक्ष), नारायण सिलवाल (राजधानी विशेष कमिटी अध्यक्ष) रहनुभएको छ ।
त्यसैगरी, समितिमा विनोद पाण्डे (भूतपूर्व सैनिक तथा प्रहरी संगठन अध्यक्ष), पासाङ शेर्पा (जनजाति महासंघ अध्यक्ष),. गणेश पाण्डे (प्रेस चौतारी नेपाल अध्यक्ष), महाराज गुरुङ (युवा संघ अध्यक्ष), दीपक धामी (अनेरास्ववियु अध्यक्ष), पुष्प श्रेष्ठ (युथ भोलेन्टियर्स फोर्स अध्यक्ष), दीपेन्द्र दाहाल (खेलकुद महासंघ अध्यक्ष), गणेश बस्नेत (प्रेस चौतारी नेपाल निवर्तमान अध्यक्ष),. श्रीधर आचार्य (पार्टी प्रचार विभाग सदस्य), दावा लामा (बागमती प्रदेश उपाध्यक्ष), बालकृष्ण डेउजा (बागमती प्रदेश सचिव), भक्तकुमारी लामा (बागमती प्रदेश उपसचिव), रमेश आचार्य (बागमती प्रदेश उपसचिव), प्रेम महर्जन (राजधानी विशेष कमिटी उपाध्यक्ष), मिलन धरेल (राजधानी प्रदेश सचिव), बेलिमाया घले (राजधानी प्रदेश उपसचिव), शशि जंग थापा (राजधानी प्रदेश उपसचिव), कैशान तामाङ (रसुवा जिल्ला कार्यवाहक अध्यक्ष), बद्री मैनाली (नुवाकोट जिल्ला अध्यक्ष), अर्जुन श्रेष्ठ (धादिङ जिल्ला कार्यवाहक अध्यक्ष), कमल पाठक (चितवन जिल्ला अध्यक्ष), पुरुषोत्तम आचार्य (ललितपुर जिल्ला अध्यक्ष), दीपक निरौला (काठमाडौं जिल्ला अध्यक्ष), वचन देउजा (भक्तपुर जिल्ला अध्यक्ष) समितिमा सदस्य रहनुभएको छ ।
यसैगरी, समितिका सदस्यहरुको कार्यविभाजन र परिचालन जिम्मेवारी पनि निर्धारण गरिएको छ । सो अनुसार,
क) जिल्लास्तरीय कार्यविभाजनः
–रसुवा जिल्ला संयोजन- विनोद श्रेष्ठः जिफन्ट, युवा संघ, अनेरास्ववियु, जनजाति महासंघ, रसुवा जिल्ला पार्टी कमिटी, गणेश पाण्डे तथा भक्तकुमारी लामा लगायतको टोली परिचालन गरी उद्धार तथा राहत कार्य सम्पन्न गरिनेछ ।
–नुवाकोट जिल्ला संयोजन- रूपनारायण श्रेष्ठः युथ भोलेन्टियर्स फोर्स, खेलकुद महासंघ, नुवाकोट जिल्ला पार्टी कमिटी, गणेश बस्नेत, देवराज राई तथा विष्णु तारुके लगायतको टोली परिचालन गरिनेछ ।
–धादिङ र चितवन जिल्ला संयोजक- रमेश आचार्यः भूतपूर्व सैनिक तथा प्रहरी संगठन, अखिल नेपाल महिला संघ, रिटर्नी फेडेरेसन, सम्बन्धित जिल्ला कमिटी तथा बागमती प्रदेशका जनसंगठन संयन्त्रलाई परिचालन गरिनेछ ।
ख) केन्द्रीय जिम्मेवारी संयोजनः
–संघीय सरकारसँग समन्वयः पार्टी सचिव डा. राजन भट्टराई
–प्रचार प्रसार संयोजनः निरज आचार्य
–आर्थिक व्यवस्थापन संयोजनः डा. भीष्म अधिकारी
–स्वयंसेवक परिचालनः विनोद श्रेष्ठ
–कार्यालय व्यवस्थापन संयोजनः नारायण सिलवाल
–राहत संकलन संयोजनः कैलाश ढुंगेल
३. कार्ययोजना तथा आगामी कदमः
१.प्रभावित क्षेत्रमा तत्काल आवश्यकताको पहिचान गरी राहत सामग्री सङ्कलन, ढुवानी, वितरण र पीडित परिवारको पुनर्स्थापनाका लागि सरकारी निकाय, स्थानीय तह तथा पार्टीका सबै तहका कमिटीहरूसँग समन्वय गरिनेछ ।
२.प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहका जनप्रतिनिधिहरू र प्रदेशसभा सदस्यहरूलाई सम्बन्धित जिल्लाको आवश्यकताअनुसार प्रत्यक्ष रूपमा राहत र उद्धार कार्यमा जोडिनेछ ।
३.विपद्मा परेका नागरिकको जीवनरक्षा र राहतलाई पहिलो प्राथमिकतामा राख्दै भोलि बिहान ११ः०० बजे नुवाकोट र दिउँसो १ः०० बजे रसुवातर्फ नेकपा (एमाले) को केन्द्रीय उद्धार तथा राहत टोली प्रस्थान गर्नेछ ।
विपद्को यस कठिन घडीमा सम्पूर्ण पार्टीपङ्क्ति, जनसंगठन, जनप्रतिनिधि, नागरिक समाज तथा सहयोगी हातहरूलाई उद्धार र राहत अभियानमा एकजुट भई जुट्न नेकपा (एमाले)ले हार्दिक आह्वान गरेको छ ।
प्रेस वक्तव्यमा भोटेकोशी र त्रिशूली नदी लगायतका नदी आएको भीषण बाढी र पहिरोका कारण रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाहरूमा जनधनको ठूलो क्षति भएको घटनाप्रति नेपाल कम्युनिष्ट पार्टी (एमाले) गहिरो दुख व्यक्त गरिएको छ । यस प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनुभएका सम्पूर्ण मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै नेकपा –एमाले)ले शोककुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । बेपत्ताहरुको शीघ्र खोजी र उद्धार गर्न सम्बन्धित सबैमा बिनम्र अनुरोध गरिएको छ ।
