detail-img

प्युठानको झिमरूकमा भलिबल प्रतियोगिता 

प्युठान । नेकपा (एमाले) को मिसन ग्रासरूट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) अन्तर्गत प्युठानको झिमरूक गाउँपालिका वडा नम्बर–१ सौतामारेमा खुल्ला भलिबल प्रतियोगिता आयोजना गरिएको छ ।
प्रतियोगिताको पार्टी पोलिटव्यूरो सदस्य सूर्य थापाले उद्घाटन गर्नुभयो । 
पार्टी वडा कमिटी र राष्ट्रिय युवा संघ वडा कमिटीले आयोजना गरेको प्रतियोगितामा १२ वटा टीमले प्रतिस्पर्धा गर्र्दैछन् ।
यसैबीच, सोही क्रममा ८० बर्षमाथिको उमेर समुहका ज्येष्ठ नागरिक तथा पार्टीका अग्रज नेता कार्यकर्ताहरूलाई सम्मानसमेत गरिएको छ ।


उहाँहरूलाई पोलिटव्यूरो सदस्य थापाले सम्मान गर्नुभयो । कार्यक्रममा केन्द्रीय सदस्य गिरीधारीलाल न्यौपाने, इश्वरी जिएम लगायत नेताहरू पनि उपस्थिति रहेको थियो ।  
यस्तै पोलिटव्यूरो सदस्य थापाकै उपस्थितिमा झिमरूक गाउँपालिका वडा नम्बर–५, खोरपानी टोलमा शंकर जिसीको अध्यक्षतामा १९ सदस्यीय टोल कमिटी गठन गरिएको छ । 
रोल्पाको परिवर्तन गाउँपालिकामा फेरि भेटौंला कार्यक्रम
यसैगरी, रोल्पाको परिवर्तन गाउँपालिकामा पालिकास्तरीय अन्तिम समीक्षा तथा फेरि भेट गरौंला कार्यक्रम सम्पन्न भएको छ ।


पार्टी पोलिटव्यूरो सदस्य खेममान खड्काको उपस्थिति र पालिका कमिटी अध्यक्ष प्रदीप डाँगीको अध्यक्षतामा कार्यक्रम भएको हो । 
कार्यक्रमलाई सम्बोधन गर्दै पोलिटव्यूरो सदस्य खड्काले मिसन ग्रासरुटले पार्टीको आन्तरिक जीवनमा रक्त सञ्चार गरेको र आम जनसमुदायमा पार्टीप्रतिको आकर्षण, भरोसा एवं माया बढाउन सफल भएको विश्वास व्यक्त गर्नुभयो । 
उहाँले नेकपा (एमाले) को एकल सरकार निर्माणपछि मात्र पार्टी सुदृढीकरण तथा विस्तार अभियानले विश्राम लिने धारणा राख्नुभयो । 
कार्यक्रममा नेपाली काँग्रेस परित्याग गरी बज्रबहादुर आले मगर लगायत व्यक्तिहरू एमालेमा प्रवेश गर्नुभयो ।