detail-img

मोरङको पथरी शनिश्चरेमा १०२ जनालाई सम्मान 

विराटनगर । नेकपा (एमाले) को मिसन ग्रासरुट अन्तर्गत मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ३ मा ज्येष्ठ कम्युनिस्ट सम्मान र नयाँ वर्ष २०८० को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।


पार्टी स्थायी कमिटी सदस्य गुरू बरालको प्रमुख आतिथ्य र वडा कमिटी अध्यक्ष गणेश राईको अध्यक्षतामा भएको कार्यक्रममा १०२ जना ज्येष्ठ कम्युनिस्ट नेता कार्यकर्तालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा अभियानका लागि केन्द्रीय प्रतिनिधिसमेत रहनुभएकी पार्टी केन्द्रीय कमिटी सदस्य मीना पोखरेल उप्रेती लगायत नेताहरूको पनि उपस्थिति रहेको थियो ।