detail-img

आइक्यापमा भाग लिन डा. भट्टराई कोरिया प्रस्थान 

काठमाडौं । नेकपा (एमाले) स्थायी कमिटी सदस्य एवं विदेश विभाग प्रमुख डा. राजन भट्टराई एसियाका राजनीतिक पार्टीहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आइक्याप) मा भाग लिन शुक्रबार दक्षिण कोरिया प्रस्थान गर्नुभएको छ ।
दक्षिण कोरियाको बुसानमा हुने आइक्यापको यो ३९ औं बैठक हो । 
सन् २००० मा स्थापित आइक्यापमा एसिया प्यासिफिकका ३५२ वटा मुख्य राजनीतिक दल सदस्य छन् । २८ सदस्यीय स्थायी समितिमा नेकपा (एमाले) का तर्फबाट डा. भट्टराई पनि सदस्य हुनुहुन्छ । 
आइक्यापले शान्ति स्थापना, गरिबी उन्मुलन, जलवायु परिवर्तन, युवा तथा महिलाको क्षेत्रमा विभिन्न नेटवर्क बनाएर काम गर्दै आएको छ । आइक्यापको ४० औं स्थायी समिति बैठक आगामी अक्टोबरमा नेपालमा गर्ने तयारी भइरहेको डा. भट्टराईले जानकारी दिनुभयो । 
यसैबीच, डा. भट्टराईले कोरियामा रहँदा प्रवासी नेपाली मञ्चको कार्यक्रमलाई पनि सम्बोधन गर्ने कार्यतालिका छ ।