detail-img

सडकमा विरोध जनाएर कोशी प्रदेशको नाम परिवर्तन हुँदैनः अध्यक्ष ओली 

काठमाडौं  । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक तथा कानुनी प्रक्रियाबाट प्रदेश सभाले निर्णय गरेको कोशी प्रदेश नामाकरण सडकमा विरोध जनाएर परिवर्तन नहुने वताउनुभएको छ । 
पाँचथरको फिदिममा शनिबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कोशी प्रदेश नामाकरणको विरोधमा उत्रेकाहरूलाई कोशी प्रदेशको नाम परिवर्तन जनमतबाट प्रदेश सभामा दुईतिहाई पुर्याएर गर्न चुनौती दिनुभयो ।

 
अध्यक्ष ओलीले दुईचारजना सडकमा उफ्रिएर ‘कोशी प्रदेश’ नाम फिर्ता नहुने स्पष्ट गर्नुभयो ।
अध्यक्ष ओलीले प्रदेशसभाबाट विधि र प्रक्रियाबाट टुङ्गो लागेको नाम कुनै हालतमा फिर्ता नहुने वताउँदै आन्दोलनरत पक्षलाई आन्दोलन छोडेर विकास निर्माणमा जुट्न सुझाव दिनुभयो ।