एमाले आज

अध्यक्षद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित

सेयर गर्नुहोस्

७ असोज (२०८३), ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको बैठकले अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ । 
ललितपुरको  भनिमण्डलस्थित रामबाग भवनमा तीनदिनदेखि चलिरहेको केन्द्रीय कमिटीको तेस्रो बैठकले आज अध्यक्षको प्रतिवेदन पारित गरेको हो । 
यसअघि अध्यक्ष ओलीले प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले राख्नु भएका धारणाका सन्दर्भमा स्पष्ट पार्नु भएको थियो । 
आजको बैठकमा पार्टी सचिवालयका सदस्यहरूका साथै केन्द्रीय कमिटीका सदस्यहरूले आ−आफ्ना धारणा एवं सुझावहरू प्रस्तुत गर्नुभएको थियो ।
केन्द्रीय कमिटीको जारी बैठक भोलि मध्यान्ह पुनः बस्ने छ । त्यस अघि केन्द्रीय सचिवालको बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको छ ।
आजको बैठकमा धारणा राख्नुहुने नेताहरूः
बैठकमा पार्टी उपाध्यक्षहरु रामबहादुर थापा‚ विष्णुप्रसाद पौडेल‚ पृथ्वीसुब्बा गुरुङ‚ गोकर्ण विष्ट‚ रघुजी पन्त‚  उपमहासचिवहरु लेखराज भट्ट‚ योगेश भट्टराई‚ रघुवीर महासेठ‚ सचिवहरु छविलाल विश्वकर्मा‚ पद्मा अर्याल‚ खगराज अधिकारी‚ भानुभक्त ढकाल‚ यामलाल कँडेल‚ शेरधन राई‚ डा. राजन भट्टराई, हिक्मत कार्की‚ महेश बस्नेत,  आयोगका अध्यक्षहरु भरत पहारी‚ डा. पुष्प कँडेलले धारणा राख्नु भएको थियो ।   
यसैगरी‚ केन्द्रीय सदस्यहरू– परशुराम बस्नेत, पार्वत गुरुङ, पार्वती रावल, पार्वती बिसुङ्खे, प्रेम तामाङ, प्रेम पराजुली, प्रतीक्षा तिवारी, प्रदीप कटुवाल, प्रदीप ज्ञवाली, प्रभा बराल, प्रभु हजारा, बदमी क्वारा बोहोरा, बालिका गिरी, बिना श्रेष्ठ, विन्दु महर्जन, रमेश बडाल, बोमबहादुर विश्वकर्मा, भगवती चौधरी, भगवती थापा, भगवती न्यौपाने, भागिरथी सिंह, भारती पाठक, डा. भीष्म अधिकारी, भूमि त्रिपाठी, भूमिश्वर ढकाल, भोला पोखरेल, मञ्जु भण्डारी, मञ्जु चालिसे, मन्जु चौधरी, मन्जु गुरुङ, मनकुमारी जि.सी., मनकुमारी तितुङ (तारा), मनोज ताम्ली, मनोज खड्का, मनोहर पौडेल, मो. हारुन हलुवाई, माधव ढुङ्गेल, मानवीर राई, मीनबहादुर शाही, मीना पोखरेल, मीना सिंह रखाल, मुन्नि साह सुडी, मेनका पोखरेल, मोहनमाया ढकाल, मोबिन आलम, मोहम्मद समिर, मोहम्मद कैसले बोल्नुभएको थियो । 
बैठकमा यज्ञ बोगटी, यज्ञ सुनुवार, रचना खड्का, रत्न गुरुङ, रविन्द्र अधिकारी, रश्मि आचार्य, राजकुमार लेखी, राजबहादुर बुढा, राजीव पहारी, राजेन्द्र राई, राजेन्द्र गौतम, राधिका खतिवडा, राम राना, राम कुमार मण्डल, रामरति देवी राम, लालबहादुर थापा, रामशरण बस्नेत, लालबाबु पण्डित, रामेश्वर फुयाल, लिलाधर भट्ट, रामेश्वर राना, लीलानाथ श्रेष्ठ, रुक्मणी राना, ललितबहादुर थापा, रुद्र शाही, रोमनाथ ओली, रौनित साह, लक्ष्मी क्षेत्री, लखन दास तत्मा, लिलबहादुर थापा, विणादेवी राई, डा. विन्दा पाण्डे, बिना देवी ज्ञवाली, विनोद श्रेष्ठ, विशाल भट्टराई, विष्णु रिजाल, विष्णुमाया विक, शकुन्तला श्रेष्ठ, साजिदा सिद्दिकी, शान्ता चौधरी, शान्तिदेवी ढकाल, शिल्पा कार्की, शिवकुमारी चौधरी, सरस्वती चिदी, शेरबहादुर तामाङ, शोभा ज्ञवाली, विषमलाल अधिकारी दनुवारले पनि आ– आफ्ना धारणा राख्नुभएको थियो । 
त्यसैगरी, सोभियत ढकाल, श्याम बस्नेत, सकुन्तला लेप्चा, सञ्जय थापा, सन्तना दाहाल, सन्तोष कुमारी शर्मा थापा, समिक बडाल, सम्राट गौचन, सरिता गिरी, सरिता भुसाल, सरिता भुसाल खनाल, सरोज कुमार यादव, सबिता यादव, सहदेव बोगटी, सावित्रा राना, सीता सिग्देल, सीता लामा, सीता सुन्दास, सीता सुवेदी, सुजिता शाक्य, सुनिता बराल, सूर्य कुमारी श्रेष्ठ, सूर्य ढकाल, सूर्य पाठक, सूर्य थापा, सुशीला नेपाल, सुशील थापा, सुहाङ नेम्वाङ, हरिकृष्ण व्यन्जनकार, हरिकृष्ण श्रेष्ठ, हरिनारायण महतो, हरिप्रसाद उप्रेती, हस्त पण्डित, होमबहादुर थापा, हेमराज राई, क्षितिज थेवे, ज्ञानु केसी, महेश बर्तौला, झपट बोहोरा, रामकुमारी झाँक्रीले पनि आफ्ना धारणा राख्नुभएको थियो । 
बैठकमा पदेन केन्द्रीय सदस्य प्रदेश कमिटीका अध्यक्षहरु घनश्याम खतिवडा, चन्द्रेश्वर मण्डल, नवराज शर्मा, राधाकृष्ण कँडेल, गुलावजङ्ग शाह, कृष्णप्रसाद जैसी, नारायण सिलवाल, अशोक ठकुरीले पनि आ–आफ्नो धारणा राख्नुभयो ।  

हामीसँग जोडिनुहोस्