detail-img

शीर्ष नेताबीच संसदीय समिति गठन विषयमा छलफल 

काठमाडौँ । प्रमुख तीन दलका शीर्ष नेताबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान भेटवार्ता भएको छ । 
प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको हो । 
तीन शीर्ष नेताबीचको भेटमा संसदीय समिति गठन लगायतका विषयमा छलफल भएको बताइएको छ । 
बैठकमा उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का, नेकपा (एमाले) का संसदीय दलका उपनेता सुवास नेम्वाङ, कांग्रेस प्रमुख सचेतक रमेश लेखक र माओवादीका प्रमुख सचेतक हितराज पाण्डे पनि सहभागी हुनुहुन्थ्यो ।