detail-img

अध्यक्ष ओलीसँग चीनका राजदूतद्वारा शिष्टाचार भेट 

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत चेन सोङले शिष्टाचार भेट गर्नुभएको छ । 
पार्टी केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा सोमबार भएको भेटमा द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयमा कुराकानी भएको थियो ।

 
भेटमा अध्यक्ष ओलीका साथमा उपमहासचिव विष्णु रिमाल र पार्टीको परराष्ट्र मामिला विभागका सचिव डा. अन्जान शाक्य सहभागी हुनुहुन्थ्यो ।