detail-img

स्वास्थ्यमन्त्रीलाई ज्ञापनपत्र 

काठमाडौं । नेकपा (एमाले) ले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतलाई स्वास्थ्य क्षेत्रका विभिन्न समस्याका विषयमा ज्ञापनपत्र बुझाएको छ ।
नेकपा (एमाले) स्वास्थ्य तथा जनसङ्ख्या विभागको टोलीले मङ्गलबार मन्त्री बस्नेतलाई भेटी नेकपा (एमाले) सरकारले शुरू गरेका आधारभूत अस्पतालको निर्माण प्रक्रिया लगायत कार्यक्रम अघि बढाउन माग गरेको छ । 
पार्टीको स्थायी कमिटीका सदस्य तथा विभागका प्रमुख कृष्णगोपाल श्रेष्ठको नेतृत्वमा गएको टोलीले विगतमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले एकैचोटी शिलान्यास गरी निर्माणाधीन ३९६ आधारभूत अस्पताल भवन अहिले बजेट अभावका कारण निर्माण कार्यले गति लिन नसकेको जनाउँदै आवश्यक बजेट व्यवस्था गरी निर्माण कार्य अघि बढाउन माग माग गरेको छ ।
आधारभूत स्वास्थ्य केन्द्र र आधारभूत अस्पतालहरूको निर्माण चाँडो सम्पन्न गर्नुपर्ने र प्रत्येक अस्पतालले कुल शय्याको १० प्रतिशत विपन्नका लागि निःशुल्क छुट्याएर सम्पूर्ण उपचार निःशुल्क गर्नुपर्ने नियम कडाईसाथ लागू गर्नुपर्ने नेकपा (एमाले) को माग गरेको छ ।
ज्ञापनपत्रमा स्वास्थ्य बीमा कार्यक्रमलाई सहजीकरण गर्नुपर्ने, सङ्घीय स्वास्थ्य सेवा ऐन तत्काल ल्याउनुपर्ने र जनस्वास्थ्य सेवा ऐन २०७५ र जनस्वास्थ्य सेवा नियमावली २०७७ को पूर्ण कार्यान्वयन गर्नुपर्ने उल्लेख गरिएको छ । 


ज्ञापनपत्र यस प्रकार छः