detail-img

नेपाली कांग्रेस, नेकपा एस र नेसपाका कार्यकर्तालाई पार्टीमा स्वागत 

काठमाडौं । नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र नेपाल समाजवादी पार्टीका रसुवामा क्रियाशील ३० जना कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ ।पार्टी प्रवेश गर्नेहरूमा नेपाली कांग्रेस रसुवाका प्रभावशाली युवा नेता विपिन तामाङ, नेकपा एकीकृत समाजवादीका रसुवा जिल्ला सचिव सुजय लामा, नेपाल समाजवादी पार्टीका केन्द्रीय परिषद् सदस्य छिरिङ लामा लगायत हुनुहुन्छ ।  
उहाँहरूलाई आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा  अध्यक्ष केपी शर्मा ओलीले खादा र उपाध्यक्ष विष्णुप्रसाद पौडेलले अविर लगाई स्वागत गर्नुभयो ।


सो अवसरमा अध्यक्ष ओलीले देश र जनताका लागि समर्पित पार्टी नेकपा (एमाले)मा प्रवेश गर्नुहुने सबैलाई बधाई तथा शुभकामना दिनुहुँदै नेकपा (एमाले) सुस्पष्ट मार्गचित्रका साथ समृद्ध नेपालm सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई गन्तव्य बनाएर अगाडि बढिरहेको हुँदा भ्रम र अलमलमा परी अन्य दलमा रहेका कार्यकर्तालाई एमालेमा प्रवेश गराई देश बनाउने काममा सहभागी गराउनुपर्ने वताउनुभयो । 
कार्यक्रम सञ्चालन गर्दै कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले लामो राजनीतिक सङ्घर्ष/जनआन्दोलनबाट ल्याइएको राजनीतिक परिवर्तन र संविधानलाई निस्तेज पार्न केही तत्व सल्वलाईरहेको वताउनुभयो । 
उहाँले देशलाई सङ्कटबाट मुक्त गर्ने शक्ति नेकपा (एमाले) मात्र भएको र यही सच्चाईलाई मनन गरेर एमालेलाई बलियो राष्ट्रिय शक्ति निर्माण गर्ने सङ्कल्पसहित कांग्रेस, नेकपा एस र नेसपाका कार्यकर्ता पार्टीमा प्रवेश गर्नुभएको वताउनुभयो । पार्टी प्रवेश कार्यक्रममा पार्टीका उपमहासचिव विष्णु रिमाल, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव वडाल लगायत नेताहरूको पनि उपस्थिति रहेको थियो । 
नेकपा (एमाले) मा प्रवेश गर्नेहरूमा नेपाली कांग्रेसका कामी नाम्ज्याल लामा, सन्तोष तामाङ, निमा साङ्जे तामाङ, छिरिङ तामाङ, पेम्वा चेङा तामाङ, देवकुमारी तामाङ, बुद्ध तामाङ, सुनिता तामाङ खेसम तामाङ, लक्ष्मण तामाङ, पासाङ तामाङ, छिरिङ नुर्वु तामाङ, कृष्ण तामाङ, पेम्वा देन्जेन तामाङ, पेम्वा साङ्वो तामाङ, टासी साङ्वो तामाङ, निमा छोमो तामाङ, बालवोट तामाङ, अजय थिङ र श्याम तामाङ हुनुहुुन्छ । 
 त्यसैगरी, नेकपा एकीकृत समाजवादीका केन्द्रीय परिषद् सदस्य गंगा विश्वकर्मा युवा संघ नेपालका श्यामबहादुर तामाङ, जनसाँस्कृतिक महासंघका केन्द्रीय उपाध्यक्ष प्रमिला बगाले, युवा संघ नेपालका प्रदेश कमिटी सदस्य सुवेत तामाङ पनि आजै नेकपा (एमाले) मा समाहित हुनुभएको छ । 
त्यस्तै नेपाल समाजवादी पार्टीका समाजवादी महिला केन्द्रीय सदस्य मनिता ग्यावा र समाजवादी युवा संघका केन्द्रीय सदस्य विक्रम थिङ पनि नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ । पार्टीका केन्द्रीय कमिटी सदस्य प्रेम तामाङको पहलमा उहाँहरू पार्टी प्रवेश गर्नुभएको हो ।