detail-img

‘सरकार राज्य सञ्चालनमा असफल’

काठमाडौं । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले वर्तमान गठबन्धन सरकारले मुलुक हाँक्न नसकेको वताउनुभएको छ । 
प्रेस चौतारी नेपालले आज आयोजना गरेको अन्तर संवादमा बोल्दै गौतमले नेकपा (एमाले) सरकार परिवर्तनको खेलमा भने नरहेको स्पष्ट गर्नुभयो ।


उहाँले भन्नुभयो– सरकार परिवर्तनको खेलमा हामी छैनौं, सरकार आफैं असफल सावित भइसकेकाले जनताले सरकार परिवर्तनको बहस प्रारम्भ गरिसकेका छन् । 
नेता गौतमले मुलुक असफल बन्दा नेकपा (एमाले)ले टुटु–टुलु हेरेर नबस्ने वताउनुभयो । 
नेता गौतमले वर्तमान सरकारले कुनै पनि जनपक्षीय काम गर्न नसकेको बताउँदै भन्नुभयो– बाढीपहिरोका कारण धनजनको क्षति भएको छ । उद्धार, बेपत्ताको खोजी, राहत, उपचार, पुनस्थापना गर्ने कुरामा सरकार उदासिन छ । सरकारसँग जवाफदेहिता छैन ।
उहाँले समाजवादी मोर्चाको कुनै गन्तव्य र भविष्य नभएको र कांग्रेस तर्साउन निर्माण गरिएको भनाइ राख्नुभयो ।