detail-img

संसदीय समितिका सभापति चयनबारे छलफल

काठमाडौं ।  सभामुख देवराज घिमिरेले आह्वान गर्नुभएको प्रमुख तीन दलका शीर्ष नेताहरूसँगको बैठकमा नेकपा (एमाले) का अध्यक्ष तथा प्रतिनिधि सभामा विपक्षी दलका नेता केपी शर्मा ओली सहभागी हुनुभयो । 
सभामुख घिमिरेले आज सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा संसदीय समितिका सभापति चयन र संसदलाई प्रभावकारी बनाउने विषयमा शीर्ष नेताहरुसँग छलफल गर्नुभएको हो ।
बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका साथै कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ पनि सहभागी हुनुहुन्थ्यो ।
बैठकपछि सभामुख घिमिरेले छलफल समिति गठनमा केन्द्रित भएको र छिट्टै नै समितिले नेतृत्व पाउने वताउनुभयो । उहाँले भन्नुभयो– ‘समितिको नेतृत्व नहुँदा ज्येष्ठ सदस्यबाट बैठक सञ्चालन भइरहेको छ । ज्येष्ठ सदस्यले नेतृत्व गर्दा विधेयकका छलफलहरू अगाडि बढ्न सकेका छैनन् ।’