detail-img

एसिया–युरोप राजनीतिक मञ्चको अध्यक्षमा भट्टराई

एसिया–युरोप राजनीतिक मञ्चको अध्यक्षमा भट्टराई नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराई एसियाली राजनीतिक दलहरुको अन्तर्राष्ट्रिय सम्मेलन (आइक्याप)को हालै सम्पन्न बैठकबाट एसिया–युरोप राजनीतिक मञ्चको अध्यक्षमा आगामी दुई बर्षका लागि निर्वाचित हुनुभएको छ ।

चेक गणतन्त्रको राजधानी परागमा आयोजित आइक्याप स्थायी समितिको बैकठले उक्त मञ्चको पाँचौँ बैठक र आइक्याप स्थायी समितिको ४० औँ बैठक आगामी २०२३ को अक्टोबरमा नेपालमा आयोजना गर्ने निर्णय गरेको छ।

डा. भट्टराई नेपालका तर्फबाट आइक्यापको स्थायी समिति सदस्य हुनुहुन्छ ।