detail-img

सचिवालय बैठक सम्पन्न

नेकपा (एमाले), केन्द्रीय सचिवालयको बैठक अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा जेठ ३० गते केन्द्रीय कार्यालय, च्यासलमा सम्पन्न भएको छ । स्थानीय तह निर्वाचनपछि पहिलो पटक आयोजित बैठकमा मूलतः स्थानीय निर्वाचनका विषयमा छलफल भएको थियो ।

साढे छ घण्टा चलेको बैठकले नेकपा (एमाले)ले स्थानीय निर्वाचनको परिणाम अपेक्षा अनुसार नभए पनि लोकप्रिय मतमा भएको निष्कर्ष निकाल्दै त्यसका आधारमा उभिएर आगामी निर्वाचनको तयारीमा लाग्ने निष्कर्ष निकालेको छ ।

सत्तारुढ गठबन्धनको घेराबन्दी, सत्ताको चरम दुरुपयोग र पार्टीभित्रकै कतिपय समस्याका कारण अपेक्षित परिणाम आउन नसकेको बैठकले निष्कर्ष निकालेको छ । साथै, यसका बाबजुद ३४ प्रतिशत लोकप्रिय मत प्राप्त हुनुलाई पार्टीलाई सन्तोषजनक ठानेको छ ।

बैठक पार्टी पंक्तिलाई सक्रियताका साथ आगामी प्रदेश तथा संघको निर्वाचनमा जुट्नका लागि आह्वान पनि गरेको छ ।

बैठकले हालैका दिनमा सरकारले नेपालको राष्ट्रिय हित प्रतिकूल हुने गरी सरकारले विदेश नीति अंगीकार गरेकोमा चिन्ता व्यक्त गर्दै असंलग्न पराष्ट्र नीति, छिमेक सम्बन्ध र राष्ट्रिय हितलाई ध्यानमा राख्न गम्भीरतापूर्वक ध्यानाकर्षण गराएको छ ।