detail-img

केन्द्रीय अनुशासन आयोगको बैठक सम्पन्न

नेकपा (एमाले), केन्द्रीय अनुशासन आयोगको बैठक जेठ ३१ गते सम्पन्न भएको छ । आयोगका अध्यक्ष केशव बडालको अध्यक्षतामा सम्पन्न बैठकले पार्र्टीे अनुशासनका बारेमा प्रदेश स्तरमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

अनुशासनसँग सम्बन्धित विषयवस्तु, पार्टी सिद्धान्त, कार्यक्रम र कार्यनीतिका बारेमा आगामी साउन महिनाको दोस्रो हप्तादेखि चौथो हप्तासम्म सक्ने गरी सो प्रशिक्षण कार्यक्रम राख्ने निर्णय गरेको आयोगले जनाएको छ । पार्टीभित्र देखापरेका अनुशासनहीनतालाई वैचारिक रुपमा परास्त गर्ने उद्देश्यका साथ प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णय लिइएको आयोगका अध्यक्ष बडालले बताउनुभयो । बैठकले पार्टीको सिद्धान्त, मूल्य, मान्यता र अनुशासनविपरीतका कुनै पनि गतिविधि हुन नदिन सबै कमिटीहरुलाई पत्राचार गर्ने निर्णय पनि गरेको छ ।

बैठकले उमानाथ ओली, प्रदीप प्याकुरेल, लालमणि चौधरी, दीपक देवकोटा र पूर्णशोभा चित्रकारलाई आयोगको सदस्य थप गर्ने निर्णय गरेको छ ।