detail-img

एकीकृत समाजवादीका केन्द्रीय सदस्य उप्रेती एमालेमा समाहित

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य एवम् सर्लाहीका पूर्वसांसद डिल्लीप्रसाद उप्रेती नेकपा (एमाले)मै फर्किनुभएको छ । अध्यक्ष केपी शर्मा ओलीले नेता उप्रेतीलाई पार्टीमा स्वागत गर्नुभयो । 
पार्टीका सचिव तथा मधेश प्रदेश इन्चार्ज योगेश भट्टराई, पोलिटव्युरो सदस्य ज्वाला साह र सांसद हरि उप्रेतीको पहलमा एमालेमै फर्कनुभएका नेता उप्रेती सोमबार नेकपा (एमाले)का अध्यक्ष ओलीलाई भेट्न  बालकोट पुग्नुभएको थियो ।