detail-img

नेपाली कम्युनिष्ट आन्दोलनकी साहसी योद्धा नकर्मीको निधन

काठमाडौं । नेपाली कम्युनिस्ट आन्दोलनकी एक साहसिक योद्धा कमरेड नानीमैया नकर्मीको ९५ बर्षको उमेरमा २०७९ असार ६ गते निधन भएको छ ।

नेकपा (एमाले) ले मुलुकको परिवर्तन र रुपान्तरणमा योगदान गर्नुभएकी सक्रिय र साहसी योद्धा नकर्मीको निधनबाट पार्टी स्तब्ध भएको जनाएको छ ।

पार्टीका तर्फबाट महासचिव शंकर पोखरेलले शोक विज्ञप्ति जारी गर्दै स्व. नकर्मीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै, दुःखको यस घडीमा शोकाकूल परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुुभएको छ ।

पार्टीका तर्फबाट महासचिव शंकर पोखरेलले शोक विज्ञप्ति जारी गर्दै स्व. नकर्मीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै, दुःखको यस घडीमा शोकाकूल परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुुभएको छ ।

नेपाल कम्युनिस्ट पार्टीको ७४औँ स्थापना दिवसका अवसरमा २०७९ वैशाख ९ गते नेकपा (एमाले) ले कमरेड नानीमैया नकर्मीको योगदानको उच्च कदर गर्दै ‘कम्युनिस्ट योद्धा’ का रुपमा सम्मान गरेको थियो ।

आफू सानै छँदा अमर शहीदहरू शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठलाई राणा सरकारले फासी दिएको घटनाबाट उद्वेलित भई राजनीतिमा सक्रिय हुनुभएकी नकर्मीले मनमोहन अधिकारी, तुल्सीलाल अमात्यलगायतका नेताहरूको सम्पर्कमा रही आन्दोलनमा सक्रियता जनाउनुभएको थियो ।

राजनीतिक यात्राका क्रममा उहाँले नेकपा (एमाले) को काठमाडौँ जिल्ला कमिटी सदस्य र पछि सल्लाहकार भएर काम गर्नुभएको थियो ।