detail-img

परराष्ट्र नीतिका सम्बन्धमा राष्ट्रिय सहमति आवश्यक

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले अन्तर्राष्ट्रिय सम्बन्धलाई सुमधुर राख्न नसकेको वताउनु भएको छ ।

परराष्ट्र मामिलाबारे पूर्वराजदूतसँग २०७९ असार ७ गते राजधानीमा भएको अन्तरक्रियामा अध्यक्ष ओलीले विगतमा अन्तर्राष्ट्रिय सम्बन्ध र प्रधानमन्त्रीको विदेश भ्रमणका सन्दर्भमा प्रतिपक्ष र विज्ञहरूसँग सल्लाह हुने प्रचलन रहेपनि अहिले तोडिएको बताउनु भयो ।

अध्यक्ष ओलीले परराष्ट्र नीतिका सम्बन्धमा राष्ट्रिय सहमति आवश्यक हुने बताउनु भयो ।

उहाँले भन्नुभयो , ‘हामी जहिले पनि प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा जानु अघि छलफल गथ्र्यौं, भ्रमणका विषयमा परामर्श हुन्थ्यो । तर, अहिले त्यस्तो हुन छाडेको छ । सरकार एकलौटी ढंगले चलेको छ ।

अध्यक्ष ओलीले बाह्य राष्ट्रसँगको सम्बन्धको सञ्चालन राष्ट्रिय हितमा रहेर केन्द्रित हुन्छ भन्ने ठान्नुपर्ने बताउनुभयो ।

नेपाल कुनै पनि छिमेकी राष्ट्रविरुद्ध प्रयोग हुन नहुने बताउँदै अध्यक्ष ओलीले छिमेकी देशहरूसँगको सम्बन्ध भरपर्दाे र विश्वसनीय हुनुपर्ने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयोे, ‘हामीले द्वैध चरित्र देखाउन हुँदैन । अन्तर्राष्ट्रिय सम्बन्धको सवालमा हामीले कुनै कार्ड खेल्नुपर्दैन । कुनै छिमेकीका विरुद्ध अरु कसैसँग भित्रभित्र साँठगाँठ गर्ने अनि बाहिर अर्कै कुरा गर्ने काम राम्रो होइन ।’

अध्यक्ष ओलीले आफ्नो भूभाग फिर्ता चाहियो भन्नुलाई अर्घेल्याइँको रुपमा बुझ्न नहुने बताउँदै कालापानी, लिपुलेक र लिम्पियाधुरा सुगौली सन्धिपछि १४६ वर्षसम्म नेपालले भोगचलन गरेको हाम्रो भूभाग हामीले फिर्ता पाउनुपर्छ भन्नुभयो ।