काठमाडौं । नेकपा (एमाले) नुवाकोट जिल्ला कमिटीको दुईदिने जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
पार्टीका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको प्रमुख आतिथ्यमा यही भदौ २० र २१ गते प्रशिक्षण आयोजना गरिएको थियोे ।
कार्यक्रममा उपमहासचिव विष्णु रिमाल, स्थायी कमिटी सदस्य तथा बाग्मती प्रदेश ईन्चार्ज गुरु बराल, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा.पुष्प कँडेल, पोलिटव्यूरो सदस्य ईश्वरी रिजाल लगायत नेताहरू तथा विषयविज्ञहरूले प्रशिक्षण दिनुभएको थियो ।
प्रशिक्षणमा सहभागीहरूलाई मार्क्सवादी विश्व दृष्टिकोण, मार्क्सवादी अर्थशास्त्र र समाजवादको आधार, जबज र दशौं महाधिवेशनको कार्यदिशा, राजनीतिक पार्टीहरूको तुलनात्मक अध्ययन, ऐतिहासिक भौतिकवाद अनुसार नेपाली समाजको चरित्र विश्लेषण, जनसंगठन र पार्टीबीचको अन्तरसम्बन्ध, प्रशिक्षण सीप र कला, सूचना र सञ्चार प्रविधि, संविधान कार्यान्वयन र नागरिकता ऐन, अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका उपलब्धि, जनप्रतिनिधि र पार्टीबीचको अन्तरसम्बन्ध, संगठन निर्माण, परिचालन र व्यवस्थापन र मिसन–२०८४ कार्ययोजना विषयमा प्रशिक्षित गरिएको नेकपा (एमाले) नुवाकोटका अध्यक्ष बद्री मैनालीले वताउनुभयोे ।