detail-img

सम्पर्क समन्वय कमिटी विस्तार तथा कार्यविभाजन


काठमाडौं । नेकपा (एमाले) सम्पर्क समन्वय कमिटीको चौथो पूर्ण बैठक २०७९ असार ११ गते काठमाडौंमा सम्पन्न भयो । 
पार्टीका महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यमा भएको बैठकमा सम्पर्क समन्वय कमिटीमा मनोनीत ५१ जना केन्द्रीय सदस्यहरूको सपथ ग्रहण गराइएको थियो । कमिटीको सचिवालय बैठकले सदस्यहरू मनोनीत गरेको थियो । 
बैठकमा महासचिव पोखरेलले निर्देशनात्मक मन्तव्य राख्नुभएको थियो । 
त्यसैगरी कमिटीका इञ्चार्ज तथा पार्टी स्थायी कमिटीका सदस्य लालबाबु पण्डित, सहइञ्चार्ज तथा केन्द्रीय कमिटीका सदस्यद्वय नरेन्द्र श्रेष्ठ र कल्पना थापाले पनि मन्तव्य राख्नुभएको समन्वय कमिटीका सचिव इन्द्र भण्डारीले वताउनुभयो ।
कमिटीका अध्यक्ष श्याम बस्नेतको अध्यक्षतामा भएको बैठकले कमिटीका सदस्यहरूको कार्यविभाजन गर्नुका साथै सातै प्रदेश समन्वय कमिटीका इञ्चार्ज र सहइञ्चार्ज तोकेको छ ।