detail-img

खानेपानी तथा सरसफाइ विषयमा अन्तर्क्रिया

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय खानेपानी तथा सरसफाइ विभागले आज पार्टी कार्यालय,च्यासल, ललितपुरमा खानेपानी तथा सरसफाइः चुनौती र समाधान विषयमा अन्तरक्रिया  गरेको छ ।


पार्टीका उपाध्यक्ष सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्य र पोलिटव्यूरो सदस्य तथा विभाग प्रमुख विमला घिमिरेको अध्यक्षतामा भएको अन्तरक्रियामा खानेपानी महासंघका सचिवालय सदस्य रामबहादुर घिमिरे र वातावरणविद् इन्जिनियर हिक्मतसिं लेकालीले खानेपानी तथा सरसफाइ सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 
करिव ५० जना विज्ञहरूको सहभागिता रहेको अन्तरक्रियामा देशभर शुद्ध खानेपानीको पहँुचको अवस्था, जनतालाई शुद्ध खानेपानी पुर्याउने सन्दर्भमा रहेका चुनौतीका साथै समाधानका विभिन्न उपायका सम्बन्धमा छलफल भएको विभागका सचिव डिआर बशिष्ठले बताउनुभयो  । देशभर वितरण भइरहेको खानेपानीमा ८४ प्रतिशत दुषित रहेको र मानिसले दुषित खानेपानीका कारण विभिन्न रोगको सामना गर्नुपरिरहेको यथार्थ अन्तरक्रियामा प्रस्तुत गरिएको थियो ।