detail-img

नगरप्रमुख साह पदमुक्त 

काठमाडौं । निर्वाचन आयोग, नेपालले रौतहट जिल्ला मौलापुर नगरपालिका प्रमुख रिनाकुमारी साहलाई पदमुक्त गरी नगरप्रमुख पद रिक्त गरेको छ । 
नेकपा (एमाले)को तर्फबाट उम्मेदवार बन्नुभई विजयी हुनुभएकी नगरप्रमुख साह अन्य दलमा प्रवेश गर्नु भएकाले राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ को उपनियम (२) बमोजिम निज निर्वाचित पद स्वतः रिक्त भएको सूचना निर्वाचन आयोगले आजको गोरखापत्रमा प्रकाशित गरेको छ । 
नगरप्रमुख साह अन्य दलमा प्रवेश गरेको भनी नेकपा (एमाले)ले केन्द्रीय कमिटीको निर्णयको प्रतिलिपि सहित आयोगमा जानकारी गराएको र आयोगबाट २०८० असोज २९ गते भएको निर्णय बमोजिम दल दर्ता तथा पद रिक्त सम्बन्धी सूचना आज प्रकाशित गरिएको छ ।