detail-img

कार्यालय सचिवमा डा. अधिकारी

काठमाडौँ । नेकपा (एमाले) को केन्द्रीय कार्यालय सचिवमा डा. भीष्मनाथ अधिकारी नियुक्त हुनुभएको छ । उहाँलाई पार्टीका महासचिव शंकर पोखरेलले केन्द्रीय कार्यालयमा स्वागत गर्नुभयो ।

यसअघि लामो समय पार्टीको केन्द्रीय सम्पर्क विभाग सचिवका रुपमा कार्यरत डा. अधिकारीले गत मंसिर १ गते केन्द्रीय कार्यालय सचिवको कार्यभार सम्हाल्नुभएको छ ।