detail-img

अध्यक्ष ओलीद्वारा दुःख व्यक्त 

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गायक तथा सङ्गीतकार योगेश वैद्यको निधनको खबरले आफूलाई दुःखी बनाएको जनाउनुभएको छ । 
अध्यक्ष ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत कालजयी गीतका गायक तथा सङ्गीतकार वैद्यप्रति श्रद्धा र सम्मान प्रकट गर्दै र उहाँको निधनबाट शोकाकुल परिवारमा समवेदना व्यक्त गर्नुभएको छ ।  
अध्यक्ष ओलीले आफ्नो फेसबुकमा लेख्नुभएको छः 
‘सपना भुलाइ सारा, आँशु पिएर जाऊ ! 
मन्दिरमा छ तिम्रै तस्बिर लिएर जाऊ !!’,
‘मेरो आँशुमा नहाँसे’, ‘नेपाल मेरो उपहार भो’ जस्ता कयौं कालजयी गीतका गायक तथा सङ्गीतकार योगेश वैद्यको निधनको खबर सुनेँ । यो वियोगान्त खबरले मलाई दुःखी बनायो । उहाँप्रति श्रद्धा र सम्मान, शोकाकुल परिवारजनमा समवेदना !!
कालजयी गीतमार्फत उहाँ हाम्रो सम्झनामा रहिरहनु हुने छ ।