detail-img

दबाबका लागि  युवा सडकमा आउनुपर्छः उपाध्यक्ष पौडेल 

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले सरकारलाई दबाब दिन युवा सडकमा आउनुपर्ने बताउनुभएको छ । 
राष्ट्रिय युवा संंघ नेपाल रुपन्देही प्रचार विभागले शुक्रबार आयोजना गरेको फुटसल प्रतियोगिता उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले सरकारको विकास विरोधी गतिविधिका विरुद्ध सडकमा आउन आवश्यक रहेको बताउनुभयो । 
उहाँले गठबन्धन सरकारको काम विकास विरोधी भएकाले सरकारका विरुद्ध युवालाई सडकमा उत्रिन आग्रह गर्नुभयो । आन्दोलन मार्फत सरकारलाई दबाब दिनुपर्नेमा उहाँले जोड दिनुभयो । 
उपाध्यक्ष पौडेलले सरकारको कारण देशको अवस्था जटिल बन्दै गएको र  दैनिक रूपमा युवा विदेश पलायन हुने अवस्था सिर्जना हुँदा पनि सरकारले केही गर्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो– सरकारले स्वदेशमा रोजगारीका लागि आवश्यक पर्ने कुनै योजना ल्याउन सकेको छैन । 
युवालाई स्वदेशमै रोजगारीको वातावरण सिर्जना गर्नुपर्ने र त्यसका लागि दबाब दिनु आवश्यक भएको उपाध्यक्ष पौडेलले बताउनुभयो ।