detail-img

सूचना प्रविधिसम्बन्धी विभिन्न कार्यक्रम गर्ने निर्णय 

काठमाडौं । नेकपा (एमाले) विज्ञान तथा प्रविधि विभागको शनिबार काठमाडौंमा बसेको बैठकले सूचना प्रविधि सम्बन्धी कार्यक्रम, युवा वैज्ञानिक सम्मेलन लगायत विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको छ ।  
नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीको प्रमुख आतिथ्यता मा केन्द्रीय सदस्य तथा विभाग प्रमुख टंक कार्कीको अध्यक्षता बसेको थियो । 
बैठकले आगामी फागुन १२ गते गण्डकी प्रदेशको पोखरामा सूचना प्रविधि र साइबर सुरक्षा बिषयमा कार्यक्रम गर्ने, चैत र बैशाख महिनामा क्रमशः सूचना प्रविधि सम्मेलन र युवा वैज्ञानिक सम्मेलन गर्ने निर्णय गरिएको विभागका सचिव सन्जिव रोकाहाले जानकारी दिनुभयो ।
विभागले विद्यालय स्तरमा विज्ञान प्रविधि सम्बन्धी नयाँ आविस्कार र प्रविधिका विषयमा विज्ञहरूको प्रस्तुतिका लागि एक पाठ्यक्रम तयार गरी स्वीकृत गरेको र अब कार्यक्रमको रूपमा अगाडि बढाउन लागेको सचिव रोकाहाले बताउनु भयो ।