detail-img

नेकपा एसका दुई केन्द्रीय सदस्यसहित २५ जना नेताकार्यकर्ता एमालेमा फर्किए

दैलेख । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्यहरू बरुनाथ योगी र पार्वती विशुङ्खे नेकपा (एमाले)मा फर्किनुभएको छ । उहाँहरूसहित नेकपा एसका २५ जना नेताकार्यकर्ताहरू नेकपा (एमाले)मा फर्किनुभएको छ । 
उहाँहरूलाई आइतबार नेकपा (एमाले)का सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टले स्वागत गर्नुभयो । 
नेकपा (एमाले)मा फर्किनेहरूमा केन्द्रीय सल्लाहकार कमिटी सदस्य केशरसिंह माझी, नेकपा एसका कर्णाली प्रदेश कमिटी सदस्यहरू भूपेन्द्रबहादुर शाही, बालकृष्ण केसी, बसन्त रेग्मी, जिल्ला कमिटी उपाध्यक्ष निरक शाही, गोकर्ण माझी, आत्मप्रसाद उपाध्याय, जिल्ला सचिवालय सदस्य कमल रिजाल, जिल्ला कमिटी सदस्यहरू खजुरा सुजी, कलम नेपाली, जगत शाही, खगेन्द्र शाही, पूर्णबहादुर थापा, महेन्द्र थापा, क्षत्र माझी, यामराज थापा, लक्ष्मी केसी, दीपक रावल, अनेरास्ववियुका केन्द्रीय सचिव भरत शाही हुनुहुन्छ  ।  
त्यसैगरी दैलेखको दुल्लु नगर कमिटी अध्यक्ष भीमप्रसाद शर्मा, नारायण नगर अध्यक्ष हर्क नेपाली, दुल्लु नगर सचिव महेन्द्रनाथ योगी,  युवा संघ केन्द्रीय सचिवालय सदस्य धीरेन्द्र कार्की पनि एमालेमा फर्कनुभएको छ ।