detail-img

नयाँ सत्ता समीकरणसँगै एमाले सरकारमाः  सत्ता साझेदार दलबीच आठ बुँदे सहमति 

काठमाडौं । नयाँ सत्ता समीकरणमा आबद्ध चार राजनीतिक दलहरू नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी, नेपालबीच आठबुँदे सहमति भएको छ । 
सहमतिपत्रमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गर्नुभएको छ । 
सहमतिपत्रमा राष्ट्रिय आवश्यकता र जनचाहनाअनुसार सरकारको कामलाई अझ प्रभावकारी बनाउन तथा मुलुकको सुशासन, विकास, सामाजिक न्याय र समृद्धिका पक्षमा समान सोच राख्ने दलहरूका बिचमा सहकार्य आवश्यक रहेको महसुस गरी चार दलको संयुक्त सरकार गठन गर्ने निष्कर्षमा पुगिएको उल्लेख गरिएको छ ।
सहमतिपत्रमा सरकारको नेतृत्व नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने उल्लेख छ । 
यस्तै चारदलबीच राष्ट्रियसभामा रिक्त रहेको अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गर्ने तथा उपाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवारलाई समर्थन गर्ने सहमति भएको छ ।
यसैगरी सरकारमा सहभागी दलहरूका बिचमा आपसी सहमतिमा मन्त्रालय बाँडफाँट गर्ने र त्यसरी बाँडफाँट गर्दा मन्त्रालयको विशेषताका आधारमा वर्गीकरण गरी मिलाउने सहमति भएको छ । 
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक, शान्ति प्रक्रिया र देशमा स्थायी शान्ति कायम गर्नका लागि यससँग सम्बन्धित अध्ययन विषयहरूलाई सहमतिका आधारमा अविलम्ब टुङ्गो लगाउने सहमति भएको छ ।
नयाँ सत्ता समीकरणसँगै नेकपा (एमाले) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा आजै सरकारमा सहभागी भएको थियो । चार सदस्यीय सानो आकारमा गठन भएको मन्त्रीमण्डलमा नेकपा (एमाले) बाट प्रतिनिधि सभामा प्रमुख सचेतक रहनुभएका सांसद पदम गिरी सहभागी हुनुभएको छ । उहाँले आजै मन्त्री पदको शपथ लिनुभएको छ । 
चारदलबीचको सहमति यस प्रकार छः