detail-img

गोरखाको आठौं अधिवेशन सम्पन्न, अध्यक्षमा थापा 

काठमाडौँ । नेकपा (एमाले) गोरखा जिल्ला कमिटीको अध्यक्षमा  सुरेन्द्रबहादुर थापा निर्वाचित हुनुभएको छ । 
पार्टीको आठौँ जिल्ला अधिवेशनबाट  थापा अध्यक्षमा निर्वाचित हुनुभएको हो । 
आज बिहान सकिएको मतगणनाअनुसार थापाले २८० मत प्राप्त गरी अध्यक्षमा निर्वाचित हुनुभएको हो । अध्यक्षमा दुईजना प्रतिस्पर्धी हुनुहुन्थ्यो । अर्का उम्मेदवार निवर्तमान उपाध्यक्ष कृष्ण नेपालीले २०५ मत प्राप्त गर्नुभयो ।
पाँचै पदाधिकारीमा निर्वाचनबाट नेतृत्व चयन भएको छ । सो अनुसार, उपाध्यक्षमा मेनबहादुर अधिकारी र सचिवमा काजिराम रोका निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ । उपसचिवमा खुलातर्फ मनोज जोशी र महिला उपसचिवमा शान्ति चापागाईं निर्वाचित हुनुभएको छ ।