detail-img

नेकपा (एमाले) कास्कीको अध्यक्षमा अधिकारी

पोखरा । नेकपा (एमाले) कास्की जिल्ला कमिटीको अध्यक्षमा बैनबहादुर अधिकारी क्षेत्री निर्वाचित हुनुभएको छ । 
नेकपा (एमाले) कास्की जिल्ला कमिटीको बुधबार सम्पन्न ११औं अधिवेशनबाट उहाँ अध्यक्ष निर्वाचित हुनुभएको हो । 
त्यसैगरी उपाध्यक्षमा भेषराज बराल, सचिवमा दर्शन लामा, उपसचिवमा लालबहादुर परियार र सन्तु सुवेदी निर्वाचित हुनु भएको छ । नेतृत्व चयनका लागि निर्वाचन भएको थियो ।