detail-img

उदयपुर जिल्ला अध्यक्षमा राउत निर्वाचित

उदयपुर । नेकपा (एमाले) उदयपुरको अध्यक्षमा भागवत राउत निर्वाचित हुनुभएको छ । 
जिल्ला कमिटीको नवौंं अधिवेशनमा नेतृत्व चयनका लागि भएको निर्वाचनमा उपाध्यक्षमा कालुमान लामा विजयी हुनुभएको छ भने सचिवमा टेकबहादुर राउत विजयी हुनुभएको छ । 
उपसचिव खुलातर्फ हेमबहादुर खड्का र महिला उपसचिवमा गंगा राई निर्वाचित हुनुभएको छ । सदस्यहरुमा भने केही सर्वसम्मत र केहीमा निर्वाचन भएको छ ।