detail-img

पत्रकार सम्मेलनमार्फत निर्णय सार्वजनिक

काठमाडौँ । नेकपा (एमाले), केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकका निर्णयहरु केन्द्रीय प्रचार विभागद्वारा पत्रकार सम्मेलन आयोजना गरी सार्वजनिक गरियो । मंसिर १ गते आयोजित पत्रकार सम्मेलनमार्फत महासचिव शंकर पोखरेलले पार्टीका निर्णयहरु सार्वजनिक गर्नुभयो ।

पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले केन्द्रीय कमिटीको दोस्रो बैठक पार्टी जीवनमा महत्वपूर्ण रहेको उल्लेख गर्दै यसका निर्णयहरु कार्यान्वयनले पार्टी जीवनमा नयाँ ऊर्जा सिर्जना गर्ने बताउनुभयो ।

पत्रकार सम्मेलनमा पार्टी स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीका सदस्यहरुको समेत उपस्थिति थियो ।