detail-img

स्थायी कमिटी सदस्य अधिकारी गण्डकी प्रदेशमा मुख्यमन्त्री नियुक्त 

पोखरा । नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश संसदीय दलका नेता खगराज अधिकारी गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभएको छ । 
प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको १६८ को उपधारा २ बमोजिम अधिकारीलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।
मुख्यमन्त्री अधिकारीले आजै पद तथा गोपनियतको शपथ ग्रहण गर्नुभएको छ । 
उहाँले नेकपा (एमाले)का २२, माओवादी केन्द्रका ८ र स्वतन्त्र सांसद राजीव गुरुङ गरी ३१ जना सांसदको समर्थन पत्रसहित प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीको दाबी पेश गर्नुभएको थियो । ६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री बन्न बहुमतका लागि ३१ सदस्यको समर्थन चाहिन्छ ।
लुम्बिनी प्रदेश सरकारमा एमाले सहभागी
यसैगरी, नेकपा माओवादी केन्द्रका जोखबहादुर महरा लुम्बिनी  प्रदेश सरकारमा मुख्यमन्त्री बन्नुभएपछि उहाँको मन्त्रीमण्डलमा नेकपा (एमाले) सहभागी भएको छ । 
लुम्बिनी प्रदेश सरकारमा नेकपा (एमाले) संसदीय दलका उपनेता चेतनारायण आचार्य मन्त्री नियुक्त हुनुभएको हो ।