detail-img

मजदुर विशेष जिल्ला कमिटीको आठौं अधिवेशन सम्पन्न

काठमाडौं । नेकपा (एमाले) मजदुर विशेष जिल्ला कमिटीको आठौं अधिवेशनले तुलसी शिवाकोटीको अध्यक्षतामा ४९ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । 
अधिवेशनले पाँच पदाधिकारीमध्ये उपाध्यक्षमा किरण माली, सचिवमा सुमनप्रसाद पराजुलीलाई निर्वाचित गरेको छ । त्यसैगरी दुई उपसचिवमा महिलातर्फ विजया खड्का र खुलातर्फ शालिग्राम सुवेदी चयन हुनुभएको छ । 
अधिवेशन उद्घाटन नेकपा (एमाले)का उपमहासचिव एवं नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का संरक्षक विष्णु रिमालले गर्नुभएको थियो । 
उद्घाटन समारोहमा सम्वोधन गर्दै उपमहासचिव रिमालले मजदुर विशेष जिल्ला कमिटी गठनको औचित्य स्थापित गर्न सक्ने खालको आगामी नेतृत्व चयन हुनुपर्ने बताउनु भएको थियो । 
नेकपा (एमाले)का पोलिटब्युरो सदस्य एवं उपत्यका विशेष प्रदेश कमिटीका इन्चार्ज सुजिता शाक्यले अधिवेशनबाट अब बन्ने नयाँ नेतृत्वले पुराना थाती रहेका कामलाई नयाँ जोश र नयाँ शैलीले अगाडि बढाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य एवं नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का अध्यक्ष विनोद श्रेष्ठले २०४२ सालदेखि विशेष कमिटी निरन्तर आफ्ना काममा अगाडि बढिरहेको बताउनुभयो । 
अहिले पनि श्रमिकका समस्या समाधान भइनसकेकाले अब श्रमिक आफैंले श्रमिकका समस्या समाधान गर्न संगठन बलियो बनाउनुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो । 
नेकपा (एमाले)का उपत्यका विशेष प्रदेश कमिटीका अध्यक्ष प्रेमकुमार पराजुलीले पछिल्लो समय सामाजिक सुरक्षा योजना कार्यविधि संशोधन गरेर सामाजिक सुरक्षा कोषको मर्मलाई विकृत पार्ने कोशिश गरिएको भन्नुहुँदै पार्टीले यसलाई श्रमिकमैत्री बनाउन पहलकदमी लिनुपर्ने बताउनुभयो ।
पार्टीका केन्द्रीय कमिटी सदस्य तथा मजदुर विशेष जिल्ला कमिटी इन्चार्ज गोविन्द दुवालको अध्यक्षतामा अध्यक्षमण्डल गठन गरी अधिवेशनको बन्द सत्र सञ्चालन गरिएको थियोे ।

शनिवार (२०८० चैत २४ गते सम्पन्न आठौं अधिवेशनबाट निर्वाचित अध्यक्ष शिवाकोटी र सचिव पराजुलीले कार्यथलो पुगेर सदस्यता वृद्धि गर्दै संगठित हिसाबले जिल्ला कमिटीलाई अगाडि बढाउने र आगामी तीनवर्षमा जिल्ला कमिटीमध्ये मजदुर विशेष जिल्ला कमिटीलाई उत्कृष्ट जिल्ला कमिटी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 
अधिवेशनले सदस्यहरूमा रञ्जु थापा, गंगा नकर्मी, गीता लामिछाने, कुमारी घिमिरे, कल्पना आचार्य, अनुपा अर्याल, उदास श्रेष्ठ, निमप्रसाद बराल, कोपिला मैनाली, रमा गजुरेल, हरिभक्त अर्याल, शारदा धिमाल, विदुर प्रसाद भट्टराई, अमर बहादुर तामाङलाई निर्विरोध चयन गरेको छ । 
त्यसैगरी शंकर थापा, विष्णु लामा, प्रदिप घिमिरे, कीर्तिनिधि विष्ट, यमकली तङनामी, पूर्णप्रसाद देवकोटा, नानीमैया बस्नेत, मीना गुरुङ डंगोल, राजेन्द्र सिंह ठकुरी, भैरव कुमार श्रेष्ठ, चन्द्र सागर लामा, ईश्वर बहादुर दुवाडी, कृपा कार्की, रोशन शाही, टेक नारायण यादव, डाक बहादुर राउत, टेक बहादुर पौडेल, मालती महत थापा, प्रकाश बस्नेत, दिवाकर पोखरेल, रामकुमार ढुंगाना, शिव कुमार श्रेष्ठ, बिल बहादुर कार्की, यादव प्रसाद ढकाल, मञ्जु ज्ञवाली, कुमार प्रसाद ढुंगाना सदस्य चयन हुनुभएको छ ।  
अधिवेशनले बाबुराम कोइरालाको अध्यक्षतामा पाँचसदस्यीय लेखा कमिटी पनि निर्वाचित गरेको छ । लेखा कमिटीको उपाध्यक्षमा शंकर घिमिरे, सचिवमा साजन श्रेष्ठ र सदस्यहरूमा रञ्जु जोशी र शारदा जैशी शर्मा चयन हुनुभएको छ ।